इन्द्रावती ७ को सडकमा सोलारबत्ती, सडक भयो रातमा पनि झिलिमिली

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा सडक बत्ती राखिएसँगै रातको समयमा समेत झिलिमिली भएको छ।
दुई लाख ५० हजार लागतमा १० वटा सोलार बत्तीहरू राखिएको वडा कार्यालयले जनाएको छ।

पोखरे देउराली डुमिनडाँडा पाँच पीपले लगायतका मुख्यमुख्य स्थानहरूमा बत्ती राखिएको छ ।

उक्त बत्तीका कारण रातको समयमा हिडडुल गर्न स्थानीयहरूलाई समेत सहजता थपिएको स्थानीयहरूले बताएका छन्।

Leave a Reply