बिश्व रक्तदाता दिवसको अवसरमा फट्केश्वरमा ४० जनाले गरे रक्तदान

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

फटकशिला , मेलम्ची नगरपालिका  -१३ फट्केश्वरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छ्न ।

नेपालथोक युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस साेसाईटि सिपाघाट उपशाखाको प्राविधिक सहयोग र मेलम्ची -१३ नं वडाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हाे । कार्यक्रममा ८ महिला र ३२ पुरुष गरि ४० ले रक्तदान गरेकाे रेडक्रस सिपाघाट उपशाखाका सभापति केशव डोटेलले जानकारी दिनुभयो ।

कार्यक्रममा कर्मचारी, सुरक्षाकर्मी, स्थानीय लगायतले सहभागीता जनाएकाे नेपालथोक युवा क्लवका अध्यक्ष सुस्मिता डोटेल जानकारी दिनुभयो ।

Leave a Reply