महालेखापरीक्षकको ६२ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २९४ काे उपधारा १ बमोजिम प्रदेशको कामकारबाही सम्बन्धमा ७ वटै प्रदेशको अलगअलग प्रतिबेदन तयार गरि राष्ट्रपति समक्ष पेस गर्दै सार्वजनिक गरेको हो ।
महालेखापरीक्षकको कार्यालयको ६२ औं बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाउनुभएको हो ।
राष्ट्रपति पौडेलले महालेखाको प्रतिवेदन सुशासन, पारदर्शिता कायम र फजुल खर्च नियन्त्रणका लागि महत्वपूर्ण भएको धारणा राख्नुभएको थियो । समग्र आर्थिक विकासका लागि आर्थिक अनुशासन अपरिहार्य भएको पौडेलको भनाई थियो ।
कानुन अनुसार पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले गरिएको आर्थिक कारोबार वेरुजुमा पर्छ ।
सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा कम बेरुजु ईन्द्रावती गाँउपालिकामा रहेको ईन्द्रावती गाउँपालिकाका लेखा अधिकृत भाष्कर पन्तले जानकारी दिनुभयाे । ईन्द्रावती गाँउपालिकामा कुल बजेटको १ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको छ ।
नगरपालीकामध्ये मेलम्ची नगरपालिकामा रहेको छ । मेलम्ची नगरपालीकामा कुल बजेटको ४ दशमलव ८५ प्रतिशत अर्थात १६ करोड १७ लाख बेरुजु रहेको छ ।
चौतारा साँगाचोकगढी नगरपालीकाको कुल बजेटको ७ दशमलव ६७ प्रतिशत अर्थात २३ करोड ३ लाखको बेरुजु रहेको छ । बाह्रवीसे नगरपालीकाको कुल बजेटको ५ दशमलव ११ प्रतिशत अर्थात ७ करोड ४५ लाखको बेरुजु रहेको छ ।
जुगल गाँउपालिकाको कुल बजेटको २ दशमलव ३५ प्रतिशत अर्थात २ करोड ६३ लाखको बेरुजु रहेको छ । त्रिपुरा सुन्दरी गाँउपालिकामा कुल बजेटको २ दशमलव २४ प्रतिशत अर्थात २ करोड २४ लाखको बेरुजु रहेको छ । पाँचपोखरी थाङ्पाल गाँउपालिकामा कुल बजेटको २ दशमलव ३० प्रतिशत अर्थात ३ करोड ५ लाखको बेरुजु रहेको छ । बलेफी गाँउपालिकामा कुल बजेटको ४ दशमलव ४४ प्रतिशत अर्थात ५ करोड ५६ लाखको बेरुजु रहेको छ ।
भोटेकोशी गाँउपालिकामा कुल बजेटको १ दशमलव ७७ प्रतिशत अर्थात २ करोड ३३ लाखको बेरुजु रहेको छ । लिसंखुपाखर गाँउपालिकामा कुल बजेटको ५ दशमलव १५ प्रतिशत अर्थात ६ करोड १५ लाखको बेरुजु रहेको छ । सुनकोशि गाँउपालिकामा कुल बजेटको २ दशमलव ३३ प्रतिशत अर्थात ३ करोड ३० लाखको बेरुजु रहेको छ । हेलम्बु गाँउपालिकामा कुल बजेटको २ दशमलव ४७ प्रतिशत अर्थात ३ करोड ५२ लाखको बेरुजु रहेको छ ।
देशभरमा शुन्य बेरुजु भने काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाँउपालिकाको रहेको छ भने सबैभन्दा बढी बेरुजु सर्लाहीको धाकौल गाँउपालिकाको कुल बजेटको २० दशमलव २२ प्रतिशत रहेको छ । देशभर औशतमा २ दशमलव २३ प्रतिशत रहेको छ ।
संघियतर्फ कुल बजेटको १ दशमलव ५४ प्रतिशत, प्रदेशतर्फ कुल बजेटको १ दशमलव ३६ प्रतिशत र स्थानिय तहतर्फ २ दशमलव २६ प्रतिशत बेरुजु रहेको छ ।