हेलम्बु । नेकपा एमाले हेलम्बु गाउँपालिका पार्टी कार्यालयको सोमबार वडा नम्बर ४ सेरामा उद्घाटन गरिएको छ ।
पार्टी कार्यालयको नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण देउजाले गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै नेता देउजाले पार्टी कार्यालय स्थापना भएपछि पार्टीका गतिविधि सञ्चालन गर्न थप सहयोग पुग्ने बताउनुभयो ।
उहाँ आउने स्थानीय तह निर्वाचनमा हेलम्बुमा सबै वडामा एमालेलाई अत्याधिक बहुमतले विजयी गराउनु पर्ने बताउनुभयो । सोही योजना अनुसार अघि बढ्न उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यालय व्यवस्थित भएपछि पार्टी परिचालनमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रमका नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य गंगानाथ भण्डारी ,जिल्ला लेखा आयोग उपाध्यक्ष गोमा खड्का लगाएत गाउँपालिकाका पदाधिकारी तथा सदस्य लगायताको सहभागिता रहेको थियोे ।
गत माघ ४ गते उद्घाटन गरिएको हेलम्बु गाउँपालिकाको कमिटी दोस्रो अधिवेशन उद्घाटन पछि विभिन्न बहानामा अनावश्यक बखेडा सृजना गर्दै पार्टी र संगठन लाईनै बदनियत गर्ने नियतका साथ केही जिम्मेवार नेताहरू नै लागेपछि उद्घाटन भएको २ महिनापछि वैशाख ४ गते मात्रै अध्यक्ष मण्डलले खेतनाथ गजुरेल गजुरेलले सरोजको अध्यक्षतामा पालिका कमिटी घोषणा गरेको नेतृ गोमा खड्काले बताउनु भयो ।
आजै वडा नम्बर ५ को दोस्रो अधिवेशन बाट अध्यक्ष विशाल तामाङ र सचिव मानबहादुर तामाङ रहेको २१ सदस्यीय वडा कमिटी गठन भयो ।