नवलपुर ।
नेकपा माओवादी केन्द्र ईन्द्रावती पार्टी समितिले गाउँपालिकाको समग्र विकास निर्माण समसायिक पालिकाको गतिबिधि र आगामी बर्षको निति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहेर ज्ञापन पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको कार्यकक्षमै पुगी पार्टीका गाउँपालिका अध्यक्ष सहितको टोलीले आज ज्ञापनपत्र बुझाएको हो ।
कार्यपालिकालाई विशेष ध्यानाकर्षण गराउँदै आ.ब.२०८२/८३ को बजेट निर्माणमा बिभिन्न विषयगत बुँदालाइ निति तथा कार्यक्रममा समावेस गरि इन्द्रावती गाउँपालिका वासी जनताको पक्षमा आशालाग्दो बजेट निर्माणको माग सहित ज्ञापनपत्र बुझाएको पार्टीका गाउँपालिका अध्यक्ष देवेन्द्र दहालले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा नागरिकको जनजिविका सँग जोडिएका बिभिन्न महत्वपूर्ण क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य, सडक, उद्योग, खेलकुद, पर्यटन, सहकारी, बिद्युत र सुरक्षा लगायतका १० छुट्टा छुट्टै बिषय राखी बुँदागत रुपमा सुझाव दिइएको छ ।
प्रदेश कमिटी सचिवालय सदस्य चिरञ्जीवी आचार्य चिराग, प्रदेश समिति सदस्यहरू वीरबहादुर तामाङ र नुनबहादुर सापकोटा, पार्टीका पालिका अध्यक्ष देवेन्द्र दाहाल, अनुशासन समिति अध्यक्ष रविन्द्र कुमार खाती, पालिका सचिव केदारनाथ आचार्य, उपाध्यक्षहरू दीपक न्यौपाने आशिष लामा लगायतले आज पालिका अध्यक्ष सँग भेट गरी उक्त ज्ञापनपत्र बुझाएको पार्टीका अनुशासन समिति अध्यक्ष रविन्द्र कुमार खाती जानकारी दिनुभयो ।
साथै पालिकाले लक्षित वर्गहरूको लागि प्रभावकारी ढङ्गले काम गर्नका बजेट विनियोजन समेत नगर्ने गरेको र उक्त कुरा ज्ञापनपत्रमा छुटेको उहाँले बताउनुभयो।
ज्ञापनपत्रमा निम्न कुराहरु समेटिएकाे छ :-
कृषि
• गाउँ पालिका भित्र किसानले उत्पादन गरेको तरकारी, दुध लगायत खाद्य सामग्रीको मुल्य निर्धारण र सहज बिक्रि वितरणको व्यवस्था गरी हाट बजार तथा तरकारी संकलन केन्द्र संचालन गर्नुपर्ने र त्यसको लागि बजेट व्यवस्थापन गर्नुपर्ने ।
• संकलन केन्द्र संचालनको लागि कृषि उपज ढुवानी गाडीको व्यवस्था गरि गाउँ पालिका भित्र सहज तरकारी लगायत खाधान्न ढुवानीको व्यवस्था मिलाउनु पर्ने ।
• उत्पादनको आधारमा कृषि अनुदान वितरणको लागि बजेट ब्यबस्थापन गर्नुपर्ने ।
• निर्माण सम्पन्न भएको इन्द्रावती-७ आँपटारी स्थित चिस्यान केन्द्र तत्काल संचालनमा ल्याउनु पर्ने ।
• १ वडा १ कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने ।
• १ वडा १ कृषि पकेट क्षेत्र घोषणा गरि व्यवसायिक खेति विस्तारको लागि बजेट व्यवस्थापन गर्नुपर्ने ।
• रसायनिक मलको आवश्यक मात्रामा व्यवस्थापन गर्नुपर्ने र अनुदानको रसायनिक मलको व्यवस्थित अनुगमन गनुपर्ने ।
• बन्यजन्तु नियन्त्रण (बादर, बदेल दुम्सी लगायत) गर्नुपर्ने ।
शिक्षा
• प्रतिस्पर्धाको आधारमा बिद्यालय प्र.अ नियुक्तिको व्यवस्थापन र यथोचित कार्यनयन गर्नुपर्ने ।
• मर्ज गनुपर्ने विद्यालयलाई अनिर्वाय मर्ज गर्ने ।
• शिक्षक बिद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्ने ।
• गुणस्तरीय शिक्षाको लागि नेपाली र अंग्रेजी दुवै भाषाका माध्यमबाट कक्षा १ देखि कक्षा १० सम्म अध्यायन,अध्यापन गर्न आवश्यक बजेट व्यबस्थापन मिलाउनुपर्ने ।
• गाउँ पालिका भित्रका सबै बिद्यालयलाई डिजिटल विद्यालय सहित स्मार्ट बोर्डको व्यबस्था मिलाउनु पर्ने ।
• सामुदायिक विद्यालयहरुलाई डिजिटल बिद्यालय बनाउन पर्ने ।
• उच्च शिक्षामा छोरी, बुहारी तथा विपन्न परीवारका बिद्यार्थीहरुलाई पूर्ण छात्रबृत्तिको व्यबस्था गनुपर्ने ।
• अन्योलपूर्ण बिद्यालय व्यबस्थापन गठनको प्रकृयालाई सरल र सलरीकरण गर्नु पर्ने
स्वास्थ्य
• निर्माण सम्पन भइ बिगतका बर्ष देखीनै संचालनमा आएको गाउँपालिका स्तरीय प्राथमिक अस्पतालमा आवश्यक उपकरणको व्यबस्थापन गर्नुपर्ने ।
• जेष्ठ नागरिक, बालबालिका र महिलाको स्वास्थ्य नियमित जाँचको लागि नागरिक स्वास्थ्य क्याम्प सबै वडामा संञ्चालन गर्नुपर्ने ।
• महिला स्वास्थ्य स्वयम् सेविकालाई मासिक निर्बाह भत्ताको व्यवस्थापन मिलाउनु पर्ने।
• स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभाबकारी बनाउदै प्रत्येक नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्नुपर्ने ।
• राज्यले तोकेका निशुल्क औषधिहरु प्रत्येक स्वास्थ्य कार्यालयहरुमा अनिवार्य र सहज उपलब्ध गराउँनपर्ने ।
सडक
• आम इन्द्रावतीवासीको लाइफ लाइन मानिने ज्यामिरेमाने,पोखरे हुदै देउराली सडक क्षेत्र यथासक्दो छिटो निर्माण सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट सम्बन्धित निकायमा तदारुकता देखाउन पर्ने।
• गाउँपालिका भित्र खनिएका सबै कच्ची सडकहरुलाई व्यवास्थित नाला सहित १२ महिना गाडी चल्ने बनाउनु पर्ने ।
• प्रतेक वडा कार्यालय सम्म पुग्ने बाटो कालोपत्रे अथवा ढलान गर्नुपर्ने ।
• पालिका भित्रको बजार क्षेत्रमा बाटो बनाउदा फूटपाथ र सडक बत्ति अनिबार्य राख्नुपर्ने ।
• मुख्य बजार क्षेत्रलाई सुन्दर, सफा र हरीयाली सहित व्यवस्थित गनुपर्ने ।
• पर्यटकीय क्षेत्र भित्रका सबै सडकहरुलाई कालोपत्रे अथवा ढलान गर्नुपर्ने ।
खानेपानी तथा सिंचाई
• प्राथमिकता सहित पालिका भित्रका खेतीयोग्य जमिनमा पक्कि कुलो निर्माणको लागि बजेट व्यबस्थापन गर्नुपर्ने ।
• सिंचाई नहुने तर खेतियोग्य जमिन भएको ठाउमा बर्खामा पानी संकलन गरि हिउदमा प्रयोग गर्न मिल्ने सिंचाई पोखरी निर्माण गरि किसानलाई आय आर्जनसंग जोड्नु पर्ने ।
• ” एक घर एक धारा करेसाबारी हराभरा” भन्ने नारा सहित पालिका भित्र रहेका सार्वजनिक खानेपानिको श्रोत संरक्षण गरी प्रत्येक घरमा सफा र शुद्ध खानेपानि व्यबस्थापन गनुपर्ने ।
उद्योग
• घरेलु तथा मझौला उद्योग (राडी बुन्ने, डोको, गलैचा, जुत्ता, अचार, चाउमिन बनाउने, कफी, श्यामा, धुप, साबुन लगायत अन्य) लाई विशेष प्राथमिकता सहित बजेट व्यवस्थापन गर्नुपर्ने ।
• पालिका भित्रका एक हजार जना युवालाई सिप विकास तालिम प्रदान गरि व्यवसाय संञ्चालनको लागि ऋण तथा अनुदानको व्यवस्था गर्नुपर्ने ।
• साझेदारीमा १ वड़ा १ कलकारखाना स्थापना गरि रोजगार सिर्जनाको लागि बजेट व्यवस्था गर्नुपर्ने ।
खेलकुद
• १ वडा १ खेलकुद मैदान सहित हरित पार्क निर्माण गर्नुपर्ने ।
• पालिका गौरबको योजनामा इन्द्रावती-७ मा अवस्थित मिनी कवर्डहलको संरक्षण साथै इन्द्रावती-५ मा अवस्थित पालिका स्तरीय खेलकुद मैदानको ब्यबस्थित पूर्वाधार निर्माण गर्नुपर्ने ।
• नियमित रुपमा प्रदेश, जिल्ला र पालिका स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने ।
• कम्तिमा ३ वडामा पालिका स्तरीय खेल मैदान तयार गर्नुपर्ने ।
पर्यटन
• पालिका भित्र रहेका पर्यटकीय गन्तब्यमा पर्यटकीय पदमार्गको लागि बजेट व्यबस्था गर्नुपर्ने ।
• पर्यटकीय प्रबर्धनको लागि होम स्टे र होटेल व्यबस्थापन गर्नुपर्ने ।
• पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा प्रचारप्रसारको लागि पालिका भित्रका पर्यटकीय र धार्मिक क्षेत्रको डकुमेन्ट्री बनाई प्रचार प्रसारको लागि बजेट ब्यबस्था गर्नुपर्ने ।
• पर्यटक सूचना केन्द्र स्थापना गर्नुपर्ने ।
• पालिका भित्रको पुरातात्विक र ऐतिहासिक सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र सम्बर्द्धन गर्नुपर्ने ।
• इन्द्रावति नदी किनारलाई बहुउद्देश्यीय प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने ।
सहकारी
• सहकारी ब्यबस्थापनको लागि नियमित अनुगमन र नियमन गर्नुपर्ने ।
बिद्युत
• पूर्णरुपमा काठकोपोल विस्थापन गरिनु पर्ने ।
• पालिका भित्र नाग्गो तारको सट्टामा केबल तारको व्यबस्था गर्नुपर्ने ।
• पालिका भित्र रहेका बजार र बस्तीमा सडक बत्तिको व्यबस्था गर्नुपर्ने ।
सुशासन
• जनता प्रती जवाफदेहि र उत्तरदायी पालिका कर्मचारी संगठन निर्माण गर्ने ।
• सेवाग्राहीले कर्मचारी नचिन्ने अवस्थालाई अन्त गर्न नियमित र अनिवार्य पोशाकको व्यवस्था गर्ने ।
• सेवाग्राहीसंग कर्मचारीले सरल, स्पष्ट, बुझ्ने र बुझाउन सक्ने भाषाको प्रयोग गर्ने ।
• हरेक नागरिकलाइ सुचनाको हकको ब्यवस्था गर्ने ।
• पालिका भित्र रहेर बिगतका दिन देखि योगदान गर्दै आएका करार तथा डोर हाजिरि कर्मचारीलाई सेवा निरन्तरताका निम्ति पालिकाले तत्काल पहल गर्ने ।
• पालिकाका र मातहतका कार्यलयमा अनावश्यक झन्झट र ढिलासुस्तीको अन्त्य गर्ने ।
• पालिका भित्र निर्माण भएका सरकारी भवनहरुको तत्काल प्रयोगमा ल्याउनुपर्ने ।
सुरक्षा
• बजार क्षेत्रमा सिसि क्यामराको व्यवस्थापन तथा विस्तार गर्नुपर्ने ।
• तत्काल आवश्यक स्थानहरुमा पालिका प्रहरीको ब्यवस्था गर्ने।
• पालिका भित्र सम्भाबित बाढी, पहिरो तथा आगलागि जस्ता विपत् न्यूनिकरणको लागि पूर्व तयारी र जनतालाई सुसुचित गराउनुपर्ने ।
इन्द्रावती गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरु पूर्ण डिजिटल बनाउने र सार्बजननिक स्थानहरुमा फ्रि वाइफाइ जोन निर्माण गर्नुपर्ने ।


