मेलम्ची,
मेलम्ची नगरपालिकाका ४० जना गृहिणी महिलालाई १५ दिने मौरीपालन तालिम दिइएको छ । गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिका वडा न.९ र वडा नं ६ का गरि ४० जना गृहिणी महिलालाई मौरिपालन तालिम दिइएको हो ।
बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत सामाजिक बिकास कार्यालय काभ्रेपलान्चोक र मेलम्ची नगरपालिकाको लागत साझेदारिमा सो तालिम प्रदान गरिएको मेलम्ची नगरपालिकाका महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । फागुन २२ गते बाट शुरु भएको तालिममा वडा नं ६ का २७, वडा नं ३ का १ जना र वडा नं ९ का १९ जना गरि जम्मा ४० जना सहभागी थिए ।

गृहिणी महिलालाई मौरीको घार लगायत मौरी पालनका लागी आवस्यक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । वडा नं ६ मा भएको तालिमको मुख्य प्रशिक्षक कृषि अधिकृत अर्जुन प्रशाद चौलागाई रहनुभएको थियो भने वडा नं ९ को प्रमुख प्रशिक्षक कृषि अधिकृत सुरेश सिम्खडा रहनुभएको थियो । सहायक प्रशिक्षक हरिगोपाल श्रेष्ठ रहनुभएको थियो ।
सो तालिममा मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले सहभागीलाई मौलिपालन तालिमको उपयोगीताको बारेमा अभिमुखीकरण दिनुभएको थियो । साथै मेलम्ची नगरपालिकाका महिला बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले वडा नं ९ मा कार्यक्रमको सञ्चालन गर्नुका साथै अभिमुखीकरण समेत गर्नुभएको थियो ।
तालिमको समापन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले महिलाहरुलाई रोजगारी संग जोड्नको लागी यस्ता तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । गृहिणी महिलाहरुलाई आत्मनिर्भर हुनको लागी तालिकमो आयोजना गरिएको उहाँको भनाई थियो । उपप्रमुख प्रधानले आगामी दिनमा मौरीपालनबाट थप आम्दानी लिन तालिममा सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले आगामी दिनमा पनि मेलम्ची नगरपालिकाले कृषकको प्रोत्साहनका कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । कार्यक्रमको समापन सम्बन्धित वडाका वडा अध्यक्षको सभापतीत्वमा भएको थियो । मेलम्ची ९ को समापन कार्यक्रमको अध्यक्षता कार्यवाहक वडा अध्यक्ष सरिता पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखा प्रमुख, कृषि शाखा प्रमुख लगायतको सहभागीता थियो ।





