भिम विद्याश्रम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भब्यताका साथ मनायो

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
भिम विद्याश्रम माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) तथा अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको विकासका लागी गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना पूर्ण भएको बताउँदै अब गणस्तरीय शिक्षाका लागी सक्रिय हुन शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय ब्यबस्थापन समिति लगायतको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लामाले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, अखाद्य वस्तु नियन्त्रण, पत्रुखाना निषेध लगायतका क्षेत्रमा गरिरहेको कामको चर्चा गर्दै आगामी दिनमा पालिकाकै उत्कृष्ट र नमुना विद्यालयको रुपमा स्थापित हुनेगरी लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, वडा अध्यक्ष आलोककुमार स्याङ्बो, नेकपा एमालेका नेता सोमर बोम्जन लगायतले विद्यालयको शैक्षिक विकासका लागी सुभकामना ब्यक्त गर्नुभयो ।

प्रधानाध्यापक अनिलकुमार तामाङले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कलाकारहरु योगेश लामा, विमला मगर, र विमला घर्ती मगरले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply