भाेटसिपा , चण्डेश्वरी माध्यमिक विद्यालयले सिकाएकाे संस्कारले आफुलाई हेलम्बु गाउँपालिकाकाे उपाध्यक्ष बनाउन मद्दत गरेकाे चण्डेश्वरी माविका पुर्व विद्यार्थी तथा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले बताउनुभएकाे छ ।
श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेहकाे अवसरमा मन्तव्य राख्दै लामिछानेले शिक्षा आर्जन गर्नु भनेकाे संस्कार पनि आर्जन गर्नु भएकाे बताउनुभयाे ।
अव हरेक स्थानिय तहले प्राविधिक शिक्षालाई स्थान दिनुपर्ने उहाँले धारणा राख्नुभयाे । चण्डेश्वरीकाे प्रगती राम्राे भएकाे सुनाउँदै लामिछानेले ईन्द्रावती गाउँपालिकाले भाैतिक लगायतकाे क्षेत्रमा सहयाेग गर्नुपर्ने बताउनुभयाे ।
हेलम्बु गाउँपालिकाले १ देखि १२ सम्म दिवा खाजा प्रदान गरेकाे भन्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएकाे उहाँले जानकारी दिनुभयाे । हेलम्बु गाउँपालिकाले आर्थीक अवस्था कमजाेर भएकाहरूलाई दिर्घराेगकाे निशुल्क औँषधि प्रदान गर्नुका साथै निशुल्क एम्बुलेन्स प्रदान गरेकाे उपाध्यक्ष लामिछानेकाे भनाई छ ।