ज्योति भञ्ज्याङ् आविकाे ४१औं वार्षिकोत्सव सम्पन्न

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

श्री ज्योति भञ्ज्याङ् आधारभुत विद्यालय मेलम्ची -७ दुवाचौरको ४१औं वार्षिकोत्सव तथा २१औं अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समिर)ले विद्यालयलाई प्राविधियुक्त बनाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो ।

सामुदायिक विद्यालयलाई राम्रो बनाउन अभिभावक , शिक्षक, विद्यार्थी सबैको उतिकै महत्त्वपूर्ण भुमिका हुने बताउँदै तामाङले क्षमतावान नागरिक उत्पादनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । जनजाति बसोबास बढि रहेको स्थानमा अझ आफ्नो बालबच्चाको शिक्षामा ध्यानदिनुपर्ने उँहाले बताउनुभयो । अधिकार भएन भन्नु भन्दापनि आफुनै अग्रसर भएर अघि बढ्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले एक विद्यालय एक छात्राबास निर्माणका लागि प्रदेशमा पनि आवाज उठेको बताउदै यसले गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मेलम्ची -७ का पुर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ , समाजसेवी गणेश तामाङ लगायतले शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा उत्कृष्ट शिक्षक नेत्रबहादुर दोङ, उत्कृष्ट विद्यार्थी ग्याल्मो दोङ, उत्कृष्ट अभिभावक अस्मिता तामाङलाई सम्मान गरिएको थियो । त्यस्तै अभिभावक प्रतियोगितामा रोहित कुमार श्रेष्ठ प्रथम , श्यामसुन्दर श्रेष्ठ दित्तिय, अस्मिता नेपाली तृतीय र गोपाल दमाईले सान्त्वना स्थान प्राप्त गर्नुभएको प्र अ धिरज श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरबहादुर दोङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक धिरज श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

Leave a Reply