ईन्द्रावती गाउँपालिकामा संकटासन्नता तथा क्षमता विश्लेषण तालिम सुरु भएको छ । वडा नम्बर १ र वडा नम्बर ४ का सरोकारवालाहरुको सहभागितामा तालिम सञ्चालन भईरहेको छ ।
जापान एसिया एसोसियसन एण्ड एसिएन फ्रेण्डसिप सोसाईटीको आयोजनामा गाउँपालिकाको सभाहलमा तालिम भईरहेको छ । नितिगत रुपमा विपद व्यावस्थापनको तयारीका लागि तालिम आयोजना गरेको JAFS ले जनाएको छ ।
तालिमको उद्घाटन सत्रमा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले स्वभाविक र अस्वभाविक विपदका लागि व्यवस्थीत योजनाका साथ काम गरीरहेको जानकारी दिनुभयो । पालिकास्तर र वडा स्तरमा रहेको विपद व्यावस्थापन समितिको सहभागितामा रणनैतिक योजना तयार भएकाले आगामि महीनादेखी नै काम अघि बढाउने अध्यक्ष नेपालले बताउनुभयो । साथै पालिकामा त्रि,याशिल रुपमा कार्यरत संघसंस्थाहरुसंग समन्वय गरी काम गरीरहेको उहाँले बताउनुभयो ।
यस्तै वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङले ३ दिनको तालिमले धेरै कुरा सिकाउने भएकाले यसलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । व्यवस्थीत योजना निर्माणको लागि यो अवसर भएको उहाँले बताउनुभयो । विपदको समयमा गर्ने काम र प्रतिकार्य योजनाबारे सहभागिले सिकेर फर्कीनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तालिममा विपद तथा जलवायु परीवर्तनको असर र प्रभावको विषयमा आज प्रशिक्षकद्धय दिवाकर पौडेल र राजकुमार लम्सालले प्रशिक्षण दिनुभएको हो । विस्तृत रुपमा यी विषयहरु माथी सहभागि तथा प्रशिक्षकहरुबिच अन्र्तक्रिया भएको छ । तालिमा १३ गते सम्म सञ्चालन हुनेछ ।