वडा स्तरीय भलिवलको उपाधि सिर्जनशिल युवा समूह बरुवालाई

* # खेलकुद पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

बरुवामा सम्पन्न प्रथम बरुवा सिर्जनशिल युवा समुह वडा स्तरीय भलिवल प्रतियोगिता २०८०को उपाधि बरुवा सिर्जनशिल युवा समूहले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

आज सम्पन्न फाइनलमा लाँगर्चेलाई पराजित गर्दै बरुवाले उपाधि सहित १५ हजार नगद कप मेडल र प्रमाणपत्र, र लाँगर्चेले १० हजार नगद सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेको सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले जानकारी दिनुभयाे ।

त्यस्तै थाङपालकोट तेस्रो र भोटलाम्लाङ चौथो भएको उहाँले जानकारी दिनुभयाे । तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा पालिकाका ६ टिम सहभागि थिए । बिजेतालाई पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङबो, सिर्जनशिल युवा समूहका संयोजक ग्याल्जेन स्याङबाले पुरस्कार प्रदान गर्नुभएकाे हाे ।

Leave a Reply