भोटेचौर ।
सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडको बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । बर्षभरि भएका कार्यक्रमहरूको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मित्रलाल चौलागाईले जानकारी दिनुभयो ।
भोलिका दिनमा सहकारी कसरी चल्ने, सहकारीले समुदायको हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा शेयर सदस्यहरू, कार्यसमिति सदस्यहरू लगायतबिच छलफल भएको थियो ।
“सहकारी कस्तो अवस्थामा चलेको छ, स्थानिय तहसंग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने बिषयमा गोष्ठी भएको हो,” अध्यक्ष चौलागाईले भन्नुभयो ।

कार्यक्रममा सहकारी बिभागको ३५ बुदे निर्देशन समेत अवगत गराईएको थियो । सदस्यको शेयर वचत, सधारण सभा कसरी गर्ने, सञ्चालकको काम कर्तब्य र अधिकार लगायतका कुराहरू ३५ बुदे निर्देशनमा समावेश रहेका छन । यस्ता अभिमुखिकरण कार्यक्रमहरूले उच्च सुसासन कायम गर्न सहयोग पुग्ने अध्यक्ष चौलागाईले बताउनुभयो ।
मेलम्ची नगरपालिका वडा नं १ मा रहेको उक्त रहकारीबाट सिन्धु भ्यालीमा रहेका ५ वटा वडा र वडा नम्बर १२ का नागरिक लाभान्वित भएका छन । मेलम्ची नगरपालिका १ देखि ५ नं वडाका हजारौँ ब्यक्तिहरू उक्त सहकारीको सदस्य बनेका छन । सहकारीको बार्षिक कारोवार १९ करोड रहेको छ ।
सहकारीको नियमहरू को बारेमा जानकारी लिएको समिक्षा गोष्ठीमा सहभागी केदार सापकोटाले बताउनुभयो । सो सहकारीले बागमती प्रदेशमै उत्कृष्ट काम गरेको उहाँले बताउनुभयो । “सहकारीले ऋण लगानी गरेको छ, लगानी गरेको ठाउँमा अनुगमन गरिदियोसु,” सापकोटाले सुझाव दिनुभयो ।

सो सहकारी बाट ऋण लिएर धेरै किसानहरूले लाभ हासिल गरिरहेका छन । सहकारीको ऋण सहि ब्यबस्थापन गरेर ब्यबसाय गर्दा घरखर्ची चलाउन सहज हुनुका साथै बाल बच्चा पढाउन समेत सहजभएको कृषक इन्दिरा खतिवडाले बताउनुभयो । सस्तो ब्याजमा सहकारी बाट कर्जा लिएर बाख्रापालन गर्नुका साथै होमस्टे समेत सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँगाउँमा खुलेका सहकारीहरूले युवालक्षित तथा कृषि क्षेत्रमा लगानी गर्न सकेमा बैदेशिक रोजगारीमा जाने युवाहरूलाई गाउँमै रोक्न सकिने मेलम्ची १ का विनोद धिमालले बताउनुभयो । निर्वाहमुखी खेती प्रणाली गरिरहनुभएका उहाँले हाल ब्यबसायीक पशुपालन गरिरहनुभएको छ । सहकारीबाट कर्जा लिएर गाई भैंसी पालन गरि मासिक १ लाखको दूध बिक्रि गरिरहेको उहाँले जानकारी दिनुभयो ।