इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
इन्द्रावती ५ मा तितेपातीको तेल उत्पादन सुरु भएको छ । गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत ५ दिन सम्म सञ्चालन भएको तालिममा बनस्पतीबाट तेल उत्पादन गर्ने तालिम सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को पिप्लेमानेमा मेसिनद्धारा सुगन्धित तेल जन्य बनस्पती पहिचान सिप हस्तान्तरण कार्यक्रम मार्फत बनस्पतीबाट तेल उत्पादन गर्न सिकाएको वडा महिला सञ्जालका अध्यक्ष अम्बिका आचार्यले जानकारी दिनुभयो ।

इन्द्रावती गाउँपालिकाको आयोजना र वडा महिला सञ्जालको सहजिकरणमा भएको तालिममा वडा भित्रका करिव ६० भन्दा बढी महिलाहरुको सहभागिता रहेको आचार्यले जानकारी दिनुभयो ।

वाष्बिकरण बिधिबाट तितेपातीको सुगन्धित तेल उत्पादन गरिएको पनि उहाँले जनकारी दिनुभयो । बालिनालीमा बन्यजन्तुबाट दुख दिने स्थानमा यस प्रकारका उद्योग स्थापना गर्न सकेमा आय आर्जनमा सहयोग पुग्ने उहाँको बिश्वास छ । यो आधारभुत तालिम मात्रैले नगुग्ने बताउँदै सञ्जालका अध्यक्ष आचार्यले स्थानीय सरकारबाट थप तालिम, तेलको ब्राण्डिङ तथा बजारीकरणको ब्यवस्था भएमा अन्तराष्ट्रिय स्तर सम्म पनि लैजान हरमग्दुर प्रयास गरिने अध्यक्ष आचार्यको अठोट छ ।

यस प्रकारको वनस्पति तेल बहु उपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रति लिटर १२ हजारभन्दा बढी मुल्यमा बिक्रीवितरण गर्ने सकिन तालिमको सहजीकरण गर्नुभएका बुद्धिरत्न डंगोलले बताउनुभयो । यसबाट ईन्द्रावती ५ तथा यस भेगमै आय आर्जनमा वृद्धि हुने लक्ष्य राखिएको वडा अध्यक्ष शशिनाथ आचार्यको भनाई छ ।

तालिम समापन तथा मेसिनको उद्घाटन गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ, वडा अध्यक्ष शशिनाथ आचार्य, वडा सदस्य सिता तिरुवा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा स्थानीयको उपस्थितीमा भएको थियो ।

Leave a Reply