मेलम्ची ७ दुवाचौरमा ‘हरितालिका तिज विशेष गायन प्रतियोगिता’ सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको ‘हरितालिका तिज विशेष गायन प्रतियोगिता’ सम्पन्न भएको छ ।

हरितालिका तिजको अवसरमा दुवाचौरमा बुधवार एक कार्यक्रम गर्दै वडाले गायन प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा नागरिकहरूको बाक्लो उपस्थिति रहको थियो। कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उप प्रमुख उमा प्रधानले नेपाली समाजमा स्थापित संस्कृतिहरू मासिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले चाडपर्व आफ्नो गक्ष अनुसार मनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरितालिका तिज जातिले मात्रै नभई सबै नेपालीले मान्ने गरेको बताउनुभयो । वडा नम्बर ७ बालमैत्री वडा घोषणा भइसकेकाले पनि नागरिकको जिम्मेवारी थपिएको बताउनुभयो । उहाँले आउँदै गरेको दसैँ तिहारमा झगडा न गरी खर्चिलो भड्किलो नगरी सभ्य भएर मनाउन समेत आग्रह गर्नुभयो ।

तिज विशेष गायन प्रतियोगितामा बुजनदेवी आमा समूहको सरिता गिरि सीता र रमा गिरिको टिम प्रथम भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ भित्रका सहभागी ४ वटा टिमबाट बुजनदेवी प्रथम भएको हो । त्यस्तै गैराथोक आमा समूहको भगवती देउजा ,संगिता गिरि ,राधिका गिरिको टिम दोश्रो , बालसुधार मावी विद्यार्थी सहमुहका सन्तोषी गिरि, रकार्की ,सुस्मिता नेपालिको टिम तेस्रो र गाउँ सामुदायिक कृषी समूह उर्मिला श्रेष्ठ ,मिश्र नेपाली ,सावित्री नेपालीको टोलि सान्त्वना भएको छ ।

प्रथम दोश्रो तेश्रो र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश ६ हजार ४ हजार ५ सय ३ हजार र १५ सय नगद र प्रमाणपत्र प्राप्त गरेको वडा सद्स्य श्री कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।बिजेतालाई उप प्रमुख प्रधान , वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।  

Leave a Reply