निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा चौतारामा अन्तरक्रिया

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

चौतारा

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्बन्धमा छलफल कार्यक्रम चौतारामा सम्पन्न भएको छ । आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा महिला गैर सरकारी सस्था महासंघको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी राज्यमन्त्री ईन्द्र माया गुरुङले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता वढाउन महिलाहरु एकजुट हुन पर्ने बताउनुभयो । महिलाहरु निर्वाचित भइ सकेपछि पनि जिम्मेवार भएर काम गर्ने वातावरण नभएको उहाले बताउनुभयो ।

निर्वाचित भएका महिला र दलित महिलालाई प्रशिक्षित गरेर उनिहरुको काम, कर्तव्य र अधिकार बुझाउन सक्यो भने आउदा दिनमा उनीहरु नै हिम्मतका साथ कार्यकारी पदमा दावी गर्न सक्ने क्षमताको विकास हुने राष्ट्रिय सभा सदस्य गरिमा शाहले बताउनुभयो ।

नेकपा समाजवादी नेतृ भगवती नेपालले निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागीता बढाउनका लागि राजनीतिमा महिलाको सक्रिय एवम सक्षम भूमिका हुन पर्नेमा जोड दिनुभयो ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले महिलाले कसैले दिए लिउला भन्ने मानसिकताले होइन आफ्नो क्षमताका आधारमा नेतृत्वमा जान आँट गर्नुपर्ने समेत बताउनुभयो ।

यस्तै नेकपा माओवादी बागमती प्रदेश सदस्य अम्बिका नेपालले हरेक पार्टीमा अवद्ध महिलाहरुले अव आफ्नो क्षमता वृद्धि गरेर नेतृत्वदायी तहमा पुग्न सक्षम भएर तयारी अवस्थामा वस्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष जिवन श्रेष्ठले भैरहेको सहभागितालाई प्रभावकारी र रोलमोडल बनाउन तथा अर्थपूर्ण सहभागिता बढाउन ईतिहास देखिनै महिला सक्षम छन् भन्ने प्रष्ट पार्नुभयो ।

०७४ सालको संघ, प्रदेश र स्थानीय तह निर्वाचन पछि यि सरकारका महिला सहभागिता बढेको छ । सिन्धुपाल्चोकमा सबै दलले महिलालाई प्रत्यक्ष मा सिफारिस मात्र गर्ने तर उम्मेदबार नबनाउने सम्सइा रहेको उनिहरुको गुनासो छ ।

आस्थाका आधारमा महिलाहरु विभिन्न पार्टीमा विभाजित भएता पनि निर्वाचनका बेलामा महिलाहरु एकजुट भएर महिला उम्मेदवारलाई साथ र सहयोग गर्नु पर्ने सहभागीहरुले बताएका छन् ।

कार्यक्रम आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकका अध्यक्ष पानमाया तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave a Reply