चौतारा
प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको अध्यक्षमा जित बहादुर बस्नेत चयन भएका हुनुभएको छ । नेकपा एकीकृत समाजवादि निकट प्रगतिशील रास्ट्रिय शिक्षक सङ्गठन सिन्धुपाल्चोकको आज सम्पन्न भेलाले उपाध्यक्षमा लाक्पा शेर्पा र सचिवमा गोबिन्द नेपाललाई चयन गरेको छ ।
कोषाध्यक्षमा टीका पराजुली, सह सचिव बलराम चौलागाई लगायत २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ ।
यसैबिच आजनै पेशागत महासङ्घ सिन्धुपाल्चोक जिल्ला कमिटी समेत निर्माण भएको छ । प्रदीप खनाल संयोजक रहने गरि १३ सदस्यीय कमिटी निर्माण भएको नेकपा एकीकृत समाजवादि सिन्धुपाल्चोकका सचिव बिनोद खनालले जानकारी दिनुभयो ।
भेलामा नेकपा एकीकृत समाजवादिका केन्द्रिय सदस्यहरू भगवती नेपाल, गम्भिरलाल श्रेष्ठ, इन्द्रमाया गुरुङ, पेशागत सङ्गठनका नेताहरु एवम् शिक्षक सङ्गठनका नेताहरूको उपस्थिति रहेको थियो ।