क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने निर्णय गर्दै पत्रकार महासंघ सिन्धुपाल्चोकको पहिलो बैठक सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको १२औँ महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित  समितिको पहिलो बैठक बसेको छ । बैठकले  पत्रकारहरुको क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने महत्त्वपूर्ण निर्णय गरेको सचिब टिका सुवेदीले जानकारी दिनुभयो । 

नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण पश्चात्  चौतारा स्थित महासंघको कार्यालयमा बसेको बैठकले धन्यवाद ज्ञापन,खाता संचालन लगायत अन्य निर्णय समेत गरेको छ । पदभार ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत अमित घिमिरेले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवम् प्रदेश परिषद् सदस्य र केन्द्रीय परिषद् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभयो ।


महासंघको सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका नवनिर्वाचित अध्यक्ष ध्रुव दंगाल, उपाध्यक्ष दिपक अर्याल, महिला उपाध्यक्ष कमला पाख्रिन तामाङ , सचिव टीका सुवेदी, सहसचिव सञ्जय तामाङ, देवराज सुवेदी र कोषाध्यक्ष दीपक खत्री तथा सदस्यहरुले निर्वाचित भएको प्रमाणपत्र ग्रहण संगै पदभार सम्हालेका छन् । Messenger_creation_35AD3D74-DEAB-4616-91A4-BDBD5A49E1F5-1735143725.jpeg

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष जिवन श्रेष्ठले नवनिर्वाचित अध्यक्ष दंगाललाई पद हस्तान्तरण गर्नुभयो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष धुर्व दंगालले मर्यादित , व्यवसायीक पत्रकारिता र संस्थागत विकासको लागी यो कार्यसमितिले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।  पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन र पत्रकारहरुको व्यक्तिगत आचरण तथा क्षमता विकासका लागि आफुले योजनाबद्ध ढंगबाट काम गर्ने अध्यक्ष दंगालको भनाई छ । साथै निर्वाचित कार्यसमितिको पहिलो बैठकले ३ वर्षे कार्यकाललाई पत्रकारहरूको क्षमता अभिवृद्धि वर्षको रुपमा काम गर्ने निर्णय समेत गरेको छ । आफ्नो कार्यकालमा कुनैपनि बाहिरी हस्तक्षेप हुन नदिने भन्दै बिबाद रहित ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  


कार्यक्रममा निर्वाचन अधिकृत समेत रहनुभएका अग्रज पत्रकार तथा साहित्यकार अमित घिमिरेले श्रमजीवी पत्रकारहरुको हकहितको काममा सबै पत्रकारहरू एकजुट भएर राजनितिक दलहरूको छायाँबाट पत्रकारिता क्षेत्रलाई मुक्त राख्न सुझाव समेत दिनुभयो । यस्तै पदभार हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले लोकतन्त्रको सुदृढीकरण गर्दै पत्रकारहरुले अनुशासित हुँदै सत्य तत्थ समाचारलाई आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Messenger_creation_C16AB04B-6527-4215-87D8-387FD606E50D-1735143787.jpeg

Leave a Reply