अध्यक्ष कप फुटबल : वडा नम्बर ९ फाइनलमा प्रवेश, उपाधिका लागि वडा नम्बर १० सँग खेल्ने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

इन्द्रावती गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता को फाइनल समीकरण पूरा भएको छ।

केही बेर अघि सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ९ फाइनलमा प्रवेश गरेसँगै फाइनल समीकरण पूरा भएको हो। अब उसले उपाधिका लागि वडा नम्बर १० सँग प्रतिस्पर्धा गर्नेछ।

वडा नम्बर १० हिजो भएको पहिलो सेमीफाइन लमा वडा नम्बर ५ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

अब तेस्रो स्थानका लागि वडा नम्बर ५ र वडा नम्बर ११ बीच प्रतिस्पर्धा हुनेछ भने फाइनलमा वडा नम्बर ९ र १० बीचको रोमाञ्चक खेल हेर्न पाइनेछ।

प्रतियोगितामा विजयी हुने टोलीले १ लाख नगद पुरस्कार सहित अध्यक्ष कप रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ६० हजार र तेस्रो स्थान हासिल गर्नेले ४० हजार नगद पुरस्कार पाउनेछ।

Leave a Reply