रेडियाे मिसन ।
हाम्रो टिम मेलम्चीको अध्यक्षमा पुनः आशिष श्रेष्ठ सर्वसम्बत निर्वाचित हुनुभएको छ । आज मेलम्चीमा भएको प्रथम साधारणसभा बाट आशिष श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको समितीका सदस्य अनिल दुलालले जानकारी दिनुभयो ।
साधारणसभालाई सम्बोधन गर्दै वडा नम्बर ११ अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङ क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभयो । क्लबले मेलम्चीको बजारको सौन्दर्य बढाउन सरसफाइ,रंगीचंगी बनाउनुका साथै झिलिमिलि मेलम्ची बनाउन क्लबले महत्त्वपूर्ण भुमिका खेलेको तामाङले बताउनुभयो । खेलकुद,सामाजिक तथा आर्थिक क्षेत्रमा समेत काम गरेकाले आगामी दिनमा वडा तथा नगरपालिका बाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनमा समेत क्लब संग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि सिपि दुलालले क्लबलाई सधैं साथ र समर्थन रहने बताउनुभयो । उहाँले मेलम्ची बजारलाई ब्यबस्थित,आकर्षक र सुन्दर बनाउन आगामी दिनम क्लब संग मिलेर काम गर्ने बताउनुभयो ।
आज भएको अधिवेशन बाट उपाध्यक्षमा सागर श्रेष्ठ,सचीव रिजन श्रेष्ठ,सहसचिबमा निश्चल श्रेष्ठ र कोषाध्यक्षमा अविशा चालीसे निर्वाचित हुनुभएको हो । त्यस्तै सदस्यहरुमा अनिल दुलाल,रिना श्रेष्ठ,अर्विन श्रेष्ठ,बिजय श्रेष्ठ,निर्जल श्रेष्ठ र करिना श्रेष्ठ निर्वाचित हुनुभएको क्लबले जनाएको छ ।
अध्यक्षमा निर्बाचित श्रेष्ठले आगामी दिनमा पनि सबै सरोकारवालाहरु संग सहकार्य गर्दै सामाजिक तथा खेलकुदको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।