ईन्द्रावती ३ को निर्माणाधीन वडा कार्यालयमा तोडफोड गर्ने ५ जना पक्राउ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनमा तोडफोड भएको छ । तोतफोडमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व वडा अध्यक्ष देब प्रसाद बानियाँको नेतृत्वमा आज (शनिबार) ३ बजेर २० मिनेटमा ईन्द्रावती ३ मा बन्दै गरेको वडा कार्यालयको ३ वटा पिलर ग्रेन्डर मेसिनको प्रयोग गरी काटीएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापाले जानकारी दिनुभयो ।


आज वडा कार्यालय बन्द रहेको समय पारी सो समूहले तोडफोड गरेको हो । तिन फरक राजनीतीक दलका व्यक्तीहरुको संलग्नता रहेको वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिनुभयो । २०८० साल असोज ६ गते वडाको संयोजनमा सर्वदलीए भेला गरी उपयुक्त स्थान छनौटको लागि ४५ दीनको समय दीईएको भएपनि सो समयमा स्थान नटुंगिएकोले गाँउ कार्यपालिकाको निर्णय अनुसार काम गरेको वडा अध्यक्ष थापाले बताउनुभयो । राजनितिक प्रतिशाेधका कारण तोडफोड गरेको उहाँले बताउनुभयो । निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरुको सिसि क्यामेराबाट पहीचान गरीएको वडा अध्यक्ष थापाले बताउनुभयो । सार्वजनिक सम्पती ताेडफाेड गरेकाले उनिहरु विरुद्ध सार्वजनिक मुद्दा दायर गर्ने वडा अध्यक्षा थापाले बताउनुभयाे ।


निर्माणाधीन वडा कार्यालय तोडफोड गर्नेहरुमा पूर्व वडा अध्यक्ष देव प्रसाद बानियाँ, तेज बानियाँ, भिम बहादुर बानियाँ, राजकुमार बानियाँ र सुब्बा बानियाँलाई प्रहरीले पक्राउ गरेको हो । तोडफोडमा संलग्न भूपेन्द्र बानियाँ र ङ बहादुर थापा (भरत) फरार रहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको नवनिर्मीत भवन १ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको हो ।


हेर्नुहोस २०८० असोज ६ गते भएको निर्णय :

वडा कार्यालयले गरेकाे निर्णय :

क्षती भएका पिलरहरु :

Leave a Reply