सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिकाका ३३ विद्यालयले बार्षिक एक कराेड पैसठ्ठी लाख अनुदान पाउने भएका छन । युएसएआइडीले ईन्द्रावतीका ३३ विद्यालयलाई बार्षिक ५ लाखकाे दरले अनुदान दिने भएकाे हाे ।
गाउँपालिकामा बुधवार एक कार्यक्रमकाे आयाेजना गरि युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ अन्तर्गत विद्यालय अनुदान सम्झाैता र कार्यान्वयन सम्बन्धी अभिमुखिकरण गरिएकाे हाे ।
याे कार्यक्रम ५ बर्ष चल्ने भएतापनि हाल १ बर्षकाे लागि सम्झाैता भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयाे । सम्झाैता बमाेजिम कार्यक्रम भएकाे नभएकाे शिक्षा शाखाले अनुगमन गर्दछ । शिक्षक मात्रै नभई विव्यस अध्यक्ष पनि याे कार्यक्रम कार्यान्वयन गर्न लाग्नुपर्ने जरूरी रहेकाे युएसएआइडीका प्रतिनिधिहरूले अभिमुखीकरण कार्यक्रममा बताउनुभयाे ।
साे रकम बाट भाैतिक पुर्वाधार निर्माण गर्न पाईने छैन । सिमेन्ट र इट्टाकाे प्रयाेग बाट पुर्वाधार बनाउन नपाईने बताइएकाे छ । अनुदान विद्यालयलाई २ किस्तामा उपलब्ध गराइने र सिकाई उपलब्धि हाँसिल गर्ने क्षेत्रमा खर्च गर्नुपर्ने सम्झाैतामा उल्लेख छ । सम्झाैता गरे पश्चात् विद्यालयले तत्कालै ३ लाख पाउने र कार्यक्रम सम्पन्न गरेपश्चात बाँकी २ लाख उपलब्ध गराइने युएसएआइडीका एक प्रतिनिधिले जानकारी दिए । विद्यालयले साे अनुदान १५ वटा शिर्षकमा खर्च गर्न पाउनेछन ।
देशकाे ७५३ स्थानियतह मध्ये १०९ पालिकामा याे कार्यक्रम लागू भएकाे प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयाे ।
अभिमुखीकरण कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले प्रारम्भिक कक्षा सिकाईमा आधारित विद्यालय अनुदानले गाउँपालिकाका सामुदायिक विद्यालयकाे जग बलियाे हुने बिश्वास व्यक्त गर्नुभयाे ।
सिकाई उपलब्धि बृद्वि गर्नकाे लागि याे कार्यक्रम महत्वपुर्ण रहेकाे उहाँकाे भनाई छ । सिन्धुपाल्चाेकका १२ पालिका मध्ये २ पालिकाले याे कार्यक्रम गर्न लागेकाे हाे । ईन्द्रावती र भाेटेकाेशीले याे कार्यक्रम गर्ने अवसर पाएकाे छ । प्रत्येक विद्यालयले ४ हजार डलर प्राप्त गर्नेछन ।
हाल गाउँपालिकाका हरेक क्षेत्रकाे नितिहरू बनेकाे जानकारी दिँदै अध्यक्ष नेपालले ईन्द्रावतीकाे उपलब्धी अन्तर्राष्ट्रियकरण गर्ने बताउनुभयाे । ‘यस कार्यक्रम बाट भएका उपलब्धीहरू भिडियाे डकुमेन्ट्रि बनाउने र दस्तावेज तयार पार्नेछाैँ’, उहाँले भन्नुभयाे। ‘यहाँका उपलब्धीहरू देश र बिदेशमा देखाउने छाैँ’ ।
साेहि अवसरमा पालिका अध्यक्ष नेपालले अशक्त अपाङ्गहरूकाे घर घरमै गएर निशुल्क स्वास्थ्य जाँच गर्ने गरेकाे उल्लेख गरे । ‘स्वास्थ्य क्षेत्रमा निकै उपलब्धिमुलक काम भएका छन’, उहाँले भन्नुभयाे।