हेलम्बुमा श्रध्देय धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ आउँदै

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु ।

सिन्धुपाल्चोकको हेलम्बुमा परम पुजनीय शरण नायक श्रध्देय धर्म गुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे आउने हुनुभएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहल र निमन्त्रणमा भोलि शुक्रबार धर्मगुरु रिन्पोछे हेलम्बु आउने हुनुभएको हो ।  भोलि ५ गते हेलम्बु ६ स्थित बोधिसत्व मोडेल स्कुलमा श्रदय धर्मगुरुबाट जम्बे याङको हुङ छेवाङको फोवा दिने कार्यक्रम रहेको छ भने हेलम्बु ग्रेट टेलमा रहेको स्तुपामा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ । धर्मगुरुले हेलम्बुमा निमार्णाधिन चीनको ग्रेटवालको झल्को दिने खालको ग्रेट टे«लको समेत अवलोक गर्नुहुनेछ । 

बोधिसत्वमा पुजा सक्केपछि गाउँपालिकाको वडा नम्बर १ स्थित मिला रेपा गुफा समाज सेवा संघ एवम् ह्योल्मो ताफुक सिङ्गे जोङ ङिधेन लिङ्ग गुम्बामा ६ गतेका दिन शुभ स्वास्थ्य र दीर्घायुको कामनाका लागि छेवाङ तथा मिला ल्हाढुपा, फोवाको वाङ लुङ (अभिषेक) हुने अध्यक्ष शेर्पाले बताउनुभयो ।

सो कार्यक्रममा सम्पूर्ण परिवार सहित उपस्थित भई अभिषेक वाङ लुङ ग्रहण गरी धार्मिक लाभ लिन अध्यक्ष शेर्पाले आग्रह गर्नुभएको छ । पवित्र धार्मिक एवम् तपोभूमि हेलम्बुमा धर्मगुरु ड्रिकुङ क्यावगोन तेन्जिङ कुन्जाङ ठिन्ले ल्हुन्डुप छेचाङ रिन्पोछे आउनुले हेलम्बुको गरिमा बढ्ने अध्यक्ष शेर्पाले बताउनुभयो । हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन पनि यस कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने शेर्पाको भनाई छ ।

ड्रिकुङ क्यावगोन तेन्जिङ जस्तो धर्मगुरु आएको पवित्र स्थलमा अन्य धर्मगुरु समेत आउने भएकाले हेलम्बुको पर्यटकमा समेत टेवा पुग्ने शेर्पाले बताउनुभयो ।

Leave a Reply