रेडियो मिसन ।
मेलम्ची नगर प्रमुख आइतमान तामाङले वडा नं. ६ मा गएको पहिरोको (आज) सोमबार स्थलगत निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा प्रमुख तामाङले पहिरोबाट अवरुद्ध सडक सुचारु गर्न, पहिरोले क्षति पुराएको विद्यालयको पहिरो पन्छाउन र पहिरोबाट जोखिम बस्तिलाई संरक्षण गर्न तत्काल प्राविधिक लागत अनुमान तयारी तत्काल काम अगाडी बढाउन प्राविधिक टिमलाई निर्देशन दिनुभएको छ । उहाँले स्थानीय सरकार बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेका नागरिकको रक्षाका लागि सधैँ तयार र आफूलाई मेलम्चीका जनताले जिताएर नगर प्रमुख बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्ने समेत बताउनुभयो ।
यहाँहरूले जिताएकाले म नगर प्रमुख भएको छु, यसर्थ मेलम्चीको विकास तथा सुख दुःखमा सधैँ साथमा रहँदै विकासका काम गर्नु मेरो दायित्व हो । त्यसका लागि म सधैँ लागिरहने छु प्रमुख तामाङ्गले बताउनु भयो ।
प्रमुख तामाङ सहित वडा नं. ११ का वडाध्यक्ष एवम् भौतिक पूर्वाधार संयोजक चन्द्र बहादुर तामाङ, वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर तामाङ, इन्जिनियर जित बहादुर कार्की लगायतले गत भाद्र २० गते राति आएको अविरल वर्षाका कारण पहिरोले क्षति पुराएको सडक, विद्यालय र पहिरोको जोखिममा रहेको बस्तीको अनुगमन गर्नु भएको हो ।