आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

* # अर्थ बाणिज्य पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन,
आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लि.को आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो ।

सिन्धुप्रेस मिडिया प्रा. लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा कर सम्बन्धी जानकारी, आय विवरण, मूल्य अभिबृद्वि कर विवरण, अन्तशुल्क विवरण, अनुमानित कर विवरण को कानुनी व्यवस्था, अनलाइन बाट विवरण प्रविष्टी सम्बन्धी जानकारी दिइएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाको कर नीति तथा सम्पूर्ण करहरूको बारेमा राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले प्रशिक्षण दिनुभएको थियो ।

धुलिखेल कर कार्यालयका प्रमुख हरी प्रसाद तिमल्सिनाले करको नितिगत तथा कानुनि कुराहरूको विषयमा प्रशिक्षण गराउनुभयो ।

धुलिखेल कर कार्यालयका कर अधिकृत अखिल खड्काले करको दायरा, मापदण्ड, लगाएत कर समयमा नतिर्दा हुने बेफाइदाको बारेमा प्रशिक्षण दिनुभयो ।

कर कार्यालय धुलिखेलका नायव सुब्बा तुलसि कुमार मल्लले अनलाइन मार्फत व्यावसायि आफैले कसरी प्रविष्ठ गर्ने लगाएतका विषयमा प्रशिक्षण दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कर सम्बन्धि प्रशिक्षणबाट व्यवसायीहरू लाभान्वित भएको बताउनुभयो । यस्तो कार्यक्रम व्यवसायीहरूलाई समय अपुग भएकाले बृहत् तयारी गरेर व्यवसायीहरूलाई आफै अनलाइन बाट प्रविष्ट गर्न सक्ने र व्यवसायीको हितको लागि काम गर्ने बताउनुभयो ।

साथै कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकास दाहाल, पुर्व उपाध्यक्ष रामकृष्ण चालिसे, समाजसेवी शिद्विनारायण श्रेष्ठ, मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धिताल र कोषाध्यक्ष प्रतिमा धितालले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मेलम्चीका व्यवसायीहरूको उल्लेख्य सहभागिता रहको थियो ।

Leave a Reply