जिल्ला स्तरिय भलिबल : सिर्जनशिल युवा क्लव फाइनल प्रबेश

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

सिर्जनशिल युवा क्लब मेलम्ची ८ क्यौरानीमा जारी जिल्ला स्तरिय भलिबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । नमुना युवा जागरण लाई पराजित गर्दै सिर्जनशिल युवा क्लबले फाइनलमा स्थान बनाएको हो ।

आज भएको पहिलो सेमिफाइनलमा नमुना युवा जागरण लाई २५–२४, २५–२२ र २५–२१ को सेटमा पराजित गर्दै फाइनल पुगेको सिर्जनशिल युवा क्लबले अब मेलम्ची ७ दुवाचौर र आयोजक बिचको बिजेतासँग उपाधिका लागी खेल्ने छ ।

आज भएको क्वाटर फाइनलमा नमुना युवा जागरण, सिर्जनशिल युवा क्लब, आयोजक ए र मेलम्ची ७ ले सेमिफाइनलमा स्थान बनाएको थियो । आज भएको आफ्नो क्वाटरफाइनल खेलमा जित हात पार्दै यी चार टोलीले सेमिफाइनल यात्रा तय गरेको थियो ।
पहिलो क्वाटर फाइनलमा नमुना युवा जागरणले बनकाली युवा समाज २५–२० र २५–२३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो भने । त्यस्तै सिर्जनशिल युवा क्लबले न्यू फेस युवा क्लब लाई २५–२० र २५–१९ ले पराजित गरेको थियो ।

आयोजक ए ले मेलम्ची ७ सेल्लेलाई २५–९ र २५–१८ तथा मेलम्ची ७ दुवाचौरले जुगल ४ लाई २५–१७ र २५–२० ले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । अब भोली फाइनल प्रबेशका लागी यी दुई बिजयी टोली बिच खेल हुने खेल स्थलबाट आयोजक समितीका आकाश स्याङ्बोले जानकारी दिनुभयो ।

जलवाई देवी माबिको प्रांगणमा सोमबार देखि सुरु भएको प्रतियोगिताको वडा अध्यक्ष जितबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेल भोली बिहिबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा उप प्रमुख उमा प्रधानको बिशेष आतिथ्यतामा सम्पन्न हुने आयोजकले जनाएको छ ।
जिल्ला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन समिती मेलम्ची ८ को आयोजनामा भइरहेको प्रतियोगितामा १७ टिम सहभागि भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, द्वितीय हुनेले ६० हजार तृतीय हुनेले ३० हजार र सान्त्वना हुने टोलीले १५ हजार नगद सहित ट्रफी, मेडल, प्रमाण–पत्र पाउने आयोजक जिल्ला स्तरिय भलिवल प्रतियोगिता सञ्चालन समितिका कृष्ण तामाङले बताउनुभयो । उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाण–पत्र रहेको आयोजकले जनाएको छ ।

Leave a Reply