सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बुद्धराज बस्नेत निर्वाचित

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा युवा व्यवसायी बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। संघको ११ औँ जिल्ला अधिवेशनमा नौ सय चार मत प्राप्त गरेर बस्नेत निर्वाचित हुनुभएकाे हाे। 

उहाँका प्रतिद्वन्द्वीद्वय सुमन खत्रीले ६ सय ८४ र शम्भुबहादुर तिमल्सिनाले दुई सय ९७ मत ल्याउनुभयाे।

वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी हुनुभएकाे छ। उहाँले ८ सय ११ मत प्राप्त गर्नुभएकाे हाे। उहाँका प्रतिस्पर्धी सूर्यबहादुर कार्की र विदुर पराजुलीले क्रमशः ६ सय ९३ र तीन सय ४६ मत ल्याउनुभयाे। द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत एक हजार ५२ मत ल्याएर निर्वाचित हुनुभएकाे छ। प्रतिद्वन्द्वी राजेश श्रेष्ठले सात सय ९७ मत प्राप्त गर्नुभयाे। 


सदस्यहरूमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्पा, कुमार थापा, सुशान्त भट्टराई, प्रकाश पौडेल, उद्धव तिमल्सिना, मणिकलाल श्रेष्ठ, दाबा ग्याल्जेन शेर्पा, ईश्वर खत्री र दलबहादुर रुम्बा निर्वाचित हुनुभएकाे छ।

Leave a Reply