रेडियो मिसन मेलम्ची ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकालाई समृद्ध बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । नगर प्रमुख तामाङले उद्योगी, ब्यबशायी, ब्यापारी, समाजसेवी, बुद्धिजिवि, राजनितिक दलका प्रतिनिधिहरु, कर्मचारी लगायत स्थानियको उपस्थितीमा नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल गर्नुपर्ने बेला आएको बताउनुभयो ।
मेलम्ची नगर उद्योग वाणिज्य संघको आयोजनामा दिपावली,नेपाल सम्वत,छठपर्व तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले चार्डपर्वले एकअर्का बिचको आपसी सम्बन्ध बलियो हुने भएकाले पनि विशेष महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी बालकृष्ण देउजा, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालीसे, इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ, कृषि विकास बैंक मेलम्चीका प्रबन्धक समिता परियार,राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर धितालको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव एकलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष कालिमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको महासचिव तारा बानियाँले जानकारी दिनुभयो ।