दुवाचौर
मेलम्ची नगरपालिका वडा नम्बर ७ का अध्यक्ष पासाङ तामाङले वडाको हरेक बजेटमा बालबालिकाको बिषयलाई समेट्ने बताउनुभएको छ । आज बाल दिवसको अवसरमा ज्योतिभञ्ज्याङ आधारभुत बिद्यालयमा गठीत प्रगती सदाचारिता बाल क्लबको आयोजना र बिद्यालयको सहयोगमा भएको र्याली पछि भएको कोणसभामा बोल्दै अध्यक्ष तामाङले यस्तो बताउनुभएको हो ।

बालबालिकाको बिषयलाई बजेटमा समेट्न बिद्यार्थी तथा बालबालिकाको साथ र सहयोग पनि आवश्यक पर्ने बताउनुभयो । बाल अधिकार तथा बालबालिकाको हक हितको लागी वडामा बाल सञ्जाल गठन गरिएको र वडालाई छिट्टै बाल मैत्री वडा घोषणा गर्न लागी परेको पनि बताउनुभयो ।
बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मुल नाराका साथ आज देशभर मनाइएको दिवसको अवसरमा क्लबले उक्त ¥याली आयोजना गरिएको क्लबसँग सम्बद्ध शिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

वडा अध्यक्ष पासाङ तामाङ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिर बहादुर तामाङ, बिद्यालयका शिक्षकहरु, क्लबका पदाधीकारी, अबिभावक तथा बिद्यार्थीहरुको सहभागीतामा भएको ¥याली बिद्यालयबाट सुरु भई पोखरेभञ्ज्याङ हुँदै सेल्ले सम्म पुगेको र पुन बिद्यालयमै आएर कोणसभा गर्दै समापन भएको थियो ।

बाल श्रमको अन्त्य गरौँ, बाल बिवहा अन्त्य गरौँ, आजका बालबालिका भोलिका कर्णघार, बाच्न पाउने अधिकार बाल अधिकार, संरक्षणको अधिकार बाल अधिकार, विकाशको अधिकार बाल अधिकार, सहभागीताको अधिकार बाल अधिकार लगायतमका नाराहरु लेखिएको प्लेकार्ड बोकेर बालबालिकाहरु र्यालीमा सहभागी भएका थिए ।

कार्यक्रमका सभापती क्लबका अध्यक्ष रोजिना तामाङले बाल अधिकारको परिचय गराई बाल अधिकार हनन् गर्ने जो कोहि पनि सजायँको भागिदार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिर बहादुर तामाङ, बिद्यालयका शिक्षकहरु, क्लबका पदाधीकारी, अबिभावक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।