शहिद प्रतिष्ठान नेपाल मेलम्चीको भवन शिलान्यास

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

शहिद प्रतिष्ठान नेपाल मेलम्चीको भवन शिलान्यास गरिएको छ ।वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल सरद र मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सो भवनको शिलन्यास गर्नुभयो । शिलन्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री दुलालले मेलम्चीलाई पुनःनिमार्ण गरी आर्थिक तथा पर्यटकिय नगर बनाउन प्रदेश सरकारले विशेष जोड दिने बताउनुभयो । उहाँले मेलम्ची नगर तथा स्थानिय तहसँग सहकार्य गरि यस क्षेत्रलाई आर्थिक तथा पर्यटकिय नगर बनाउने बताउनुभयो ।

उहाँले तत्काल बेलिब्रिज निमार्ण यो बर्ष नभए तत्काल पक्किपुल निमार्ण गरिने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । मन्त्री दुलालले भवन निमार्ण समयमै र गुणस्तरिय बन्नेमा आफु ढुक्क रहेको बताउनुभयो । नगर प्रमुख आइतमान तामाङले भवन निमार्णपछि मेलम्चीमा चहलपहल बढ्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले सो भवन निमार्णका आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

प्रदेश सरकारको ५० लाख तथा श्रमदान ४ लाख गरि अहिले ५४ लाख लागतमा भवन निमार्ण गरिने जिल्ला आयोजना कार्यान्वयन इकाइ९भवन०का प्रमुख सन्तोष निरौलाले जानकारी दिनुभयो ।बाँकि कामको लागि आगामि बर्षहरुमा समेत क्रमश बजेट विनियोजन हुने उहाँको भनाइ छ । र्निमाणाधीन भवन ४ तलाको हुने भवन निमार्ण समितिका अध्यक्ष जयराम दुलालले जानकारी दिनुभयो । जग्गा विभिन्न ब्यक्तित्वहरुको सहयोगमा खरिद गरिएको र भवन निमार्णको लागि समेत सहयोग गर्नेक्रम जारी रहेको दुलालले जानकारी दिनुभयो ।

Leave a Reply