रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा बिद्यालय शिक्षको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण कार्यशाला भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा सम्पन्न कार्यशालामा पाठ्यपुस्तकका लागी तयार पारिएको ड्रफ्टको बारेमा छलफल गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपालले पाठ्यपुस्तक निर्माण गर्दा शब्दावलीहरु तथा तस्बिरहरु पनि स्थानीय नै प्रयोग गर्नुपर्ने बताउनुभयो । पाठ्यपुस्तक सबैको मनोबिज्ञान दिन सक्ने हुनुपर्ने बताउँदै सबै सँग छलफल गरेर मात्रै पाठ्यपुस्तकलाई अन्तिम रुप दिइने उहाँको भनाई छ ।
साथै ड्राफ्टमा छुटेका कुराहरुलाई एउटा छुट्टै पाठ तयार पारेर पाठ्यपुस्तक तयार पारिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका भित्रका बिद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । उहाँहरुले पाठ्यपुस्तक गाउँपालिकाका सबै वडाका धार्मिक, सामाजिक, साँस्कृतिक, भौगोलिक लगायत समष्ठिगत रुपलाई समेट्नुपर्ने धारणा राखेका थिए ।