सिम्पालकाभ्रेकि माँया कान्छिकाे उपचारमा मेलम्ची नगर प्रमुख र राम श्रेष्ठद्वारा आर्थिक सहयाेग

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन

सिन्धुपालचोक जिल्ला इन्द्र्वाति गाउँपालिका वडा न १ सिम्पाल काभ्रेकि बर्स ५५ को माया कान्छि तामाङकाे उपचारका लागि नगद सहयाेग गरीएकाे छ ।


मेलम्ची घर भई हाल अमेरीका बस्ने राम श्रेष्ठ र मेलम्ची नगर प्रमुख तथा नेपालि काँग्रेस क्षेत्रीय सभापति आइतमान तामाङले सहयाेग गर्नुभएकाे हाे ।


ब्रेनट्युमरको समस्या भै हाल ललितपुर जिल्ला पाटन हस्पिटलमा उपचाररत तामाङलाई राम श्रेष्ठले २ लाख र मेलम्ची नगर प्रमुख आईतमान तामाङले २५ हजार गरी २ लाख २५ हजार सहयाेग गरेकाे समाजसेवि तथा नेपालि काँग्रेसका युवा नेता प्रकाश सापकाेटाले जानकारी दिनुभयाे ।


माँया कान्छि तामाङकाे उपचारमा आर्थिक अभाव भएकाले उहाँको ऊपचारमा सहजताका लागि आर्थिक रूपमा साे रकम जुटाई मेलम्ची नगर प्रमुख आईतमान तामाङले मांया कान्छिका छाेरालाई हस्तान्तरण गर्नुभएकाे हाे ।


समाजसेवि प्रकाश सापकाेटाकाे संयाेजनमा पाटन अस्पताल पुग्नुभएका नगर प्रमुख तामाङले राम्रोसँग उपचार गराउन आग्रह गर्नुभएकाे छ । राम श्रेष्ठलालाई धन्यवाद दिनुका साथै उहाँले याे पवित्र काममा सबैले सहयाेग गरि माँया कान्छिकाे ज्यान बचाउन आग्रह गर्नुभएकाे छ । साथै सम्पुर्ण देश तथा बिदेशमा बस्नुहुने दाजुभाई दिदिबहिनि अग्रजमा सहयोगको लागि उहाँले अनुराेध समेत गर्नुभएकाे छ ।

Leave a Reply