सञ्चारकर्मीहरूलाई लागि बिपद् सम्बन्धी अभिमुखीकरण 

* # पालीका खबर विविध समाचार सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
सञ्चारकर्मीहरुका लागि बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार मेलम्चीमा सम्पन्न भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मेलम्ची नगरपालिकाको संयुक्त आयोजना तथा रिजनल इन्टिग्रेटेड मल्टि हाजार्ड अर्ली वार्निङ सिस्टम (राइम्ज) को प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्रभावमा आधारित पूर्वसूचना प्रणाली तथा पूर्वकार्यका बारेमा सहभागीहरूलाई प्रष्ट पार्नुभयो । त्यसैगरी शाखा अधिकृत जितेन्द्र अधिकारीले विपद्का विविध पक्षबारे जानकारी दिनुभयो । 

जल तथा मौसम विज्ञान विभागका उपसचिव शान्ति कँडेलले प्रभावमा आधारित पूर्वानुमान प्रणालीबाट आमसमुदायले फाइदा लिन सक्ने बताउनुभयो । उहाँले महाशाखाले दिएको जानकारीका आधारमा किसान लगायत समुदायले लाभ लिन सक्ने जानकारी बताउनुभयो । विभागकै मौसम भण्डारीले बाढीपहिरोको पूर्वानुमानका विषयमा जानकारी दिनुभयो ।

बरिष्ठ सञ्चारकर्मी जगदीश खरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पत्रकारको भूमिकाको विषयमा प्रष्ट्याउनुभयो । स्थानीय तह तथा विषयगत सङ्घसंस्थाले स्थानीय सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत धितालले विपद् न्यूनीकरण तथा व्यवस्थापनका सवालमा नगरले गरेका कामका बारेमा जानकारी दिँदै सञ्चारकर्मी तथा स्थानीय सञ्चारमाध्यमहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । राइम्जका सुशान्त शर्माले पनि सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।

नगरका वातावरण अधिकृत सुजन दुलालले आगामी दिनमा पनि सञ्चारकर्मीहरुका लागि प्रभावकारी कार्यक्रम ल्याई बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहकार्य गर्ने जनाउनुभयो । 

पत्रकार बालचन्द्र सापकोटाले यस्ता कार्यक्रमले पत्रकारहरूको क्षमता वृद्धि भई विपद्का बेला रिपोर्टिङ गर्न सहज हुने प्रतिक्रिया दिनुभयो ।

Leave a Reply