मंसिर ९,
चाैतारा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्ण कुमार तामाङ (समिर) निर्वाचित हुनुभएकाे छ। उहांले नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्नुभएकाे हाे ।
२९ बर्षिय तामाङले १७ हजार ७ सय ५८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी पण्डितले १६ हजार २ सय ५३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयाे ।
तामाङ बाग्मती प्रदेशकाे सबैभन्दा कान्छो सांसद तामाङले विषेशगरी हेलम्बु मेलम्ची बाढिकाे वितण्डाबाट प्रताडित नागरीककाे स्थायित्व र पुनर्निर्माण गर्नुका साथै युवाहरुकाे नेतृत्व गर्ने बताउनुभएकाे छ ।