काठमाडौँको खरीबोटस्थित मानव सेवा आश्रममा २०० भन्दा बढी वृद्धवृद्धालाई भोजन गराइयो

* # विविध समाचार समाज

काठमाडौँको खरीबोटमा रहेको मानव सेवा आश्रममा आश्रित २०० जनाभन्दा बढीलाई खाना खुवाइएको छ। हाल अमेरिकामा रहनुभएका समाजसेवी सोनम शेर्पाको मुख्य सहयोगमा उक्त भोजन गराइएको हो।

कार्यक्रमको आयोजना लायन्स क्लब अफ काठमाडौँ, सिन्धुपाल्चोक द हेल्पिङ ह्यान्ड्स, लायन्स क्लब अफ काठमाडौँ प्रोफेसनल्स, लायन्स क्लब अफ काठमाडौँ सेन्ट्रल मिडटाउन, लायन्स क्लब अफ काठमाडौँ ज्योति र लायन्स क्लब अफ काठमाडौँ आरम्भले संयुक्त रूपमा गरेका हुन्।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा लायन श्याम कुमार यादव रहनुभएको थियो। त्यसैगरी कार्यक्रममा विमल कुमार श्रेष्ठ र राजन श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आनन्द प्रसाद भेटवाल, टंक बहादुर श्रेष्ठ, कुमार श्रेष्ठ, रेनुका श्रेष्ठ, मधुसुदन प्रधान, बिरेन्द्र प्रकाश श्रेष्ठ, पवन कुमार मैनाली, पुष्कर मणि जंगम लगायत विभिन्न क्लबका सदस्यहरूको बाक्लो सहभागिता रहेको लायन्स क्लबका रमिला शर्माले जानकारी दिनुभयाे ।

सडक तथा असहाय मानवहरूको उद्धार र संरक्षणमा निरन्तर क्रियाशील रहँदै आएको आश्रममा आयोजना गरिएको यस परोपकारी कार्यप्रति आश्रम परिवारले सहयोगी सोनम शेर्पा तथा आयोजक लायन्स क्लबहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। विभिन्न सहयोगी मन र संघ-संस्थाहरूको समन्वयमा आश्रममा नियमित रूपमा यस्ता भोजन तथा सेवा कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

Leave a Reply