मेलम्ची । सिन्धुपाल्चोकको मेलम्चीमा नेपाली काँग्रेसको नगरस्तरीय ‘जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नगर कार्यसमिति, वडा सभापति, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न, नयाँ सदस्य विस्तार गर्न तथा पार्टीको संगठनलाई वडास्तरसम्म प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियामा सहभागीहरूले सदस्यता अद्यावधिकका क्रममा देखिएका चुनौती, समाधानका उपाय तथा संगठन सुदृढीकरणका विषयमा छलफल गरेका थिए। कार्यक्रमले पार्टीको संगठन विस्तार, सदस्यता व्यवस्थापन र आगामी गतिविधिलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
