नवलपुर । समाजसेवी तथा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सदस्य बिमल थिङले आज नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल टोलीलाई जर्सी वितरण गर्नुभएको छ ।
इन्द्रावती गाउँपालिका–१० स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा माघ ३, ४ र ५ गते आयोजना हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर थिङले आफ्नै पहलमा नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल खेलाडीहरूलाई जर्सी प्रदान गर्नुभएको हो ।
जर्सी वितरण कार्यक्रमपछि विद्यालयका प्रधानाध्यापक सुरेन्द्रमान श्रेष्ठले समाजसेवी थिङप्रति धन्यवाद ज्ञापन गर्दै जर्सी वितरणजस्ता सहयोगात्मक कार्यले खेलाडीहरूको मनोबल वृद्धि भई खेल क्षेत्रमा थप सक्रियता र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै समाजसेवी थिङले नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल खेलाडीहरूको खेल प्रदर्शनबाट आफू अत्यन्त प्रभावित भएको उल्लेख गर्दै आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अनुशासित र उत्कृष्ट खेल प्रदर्शन गरी विद्यालय तथा गाउँपालिकाको नाम उजागर गर्न शुभकामना व्यक्त गर्नुभयो ।
