पाँचपोखरी थाङपाल गाउँपालिका द्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि भोताङदेवी माध्यमिक विद्यालय भोताङले उचालेको छ । भोताङदेवीले ६ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल १० पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।यो उपाधि एतिहाँसिक र खुशीको क्षण भएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो ।
भोटेनाम्लाङ माध्यमिक विद्यालयले ४ स्वर्ण, ८ रजत र ४ कास्य सहित कुल १६ पदक जित्दै दोस्रो स्थानमा चित्त बुझाएको छ भने थाङपालभ्याली माध्यमिक विद्यालयले ४ स्वर्ण,२ रजत र ७ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको गाउँपालिका खेलकुद विकास समिति संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।
गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको उक्त प्रतियोगिता थाङपालधाप माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो । प्रतियोगिताको समापन गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा भएको थियो। ।
समापन समारोहलाई सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरमै प्रतिभा पहिचान गर्न सहयोग पुगेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी सभाध्यक्ष एवम वडा नं ५ का अध्यक्ष काले गोलेले विद्यालयस्तरीय खेलकुद कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले खेलकुदलाई पाठ्यक्रमसँगै जोडेर लैजानुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि सक्रिय हुन आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय लक्ष्मण कुइकेल,वडा अध्यक्षहरु,अन्य जनप्रतिनिधि,स्थानीय अभिभावक,शिक्षक,विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
