नवलपुर ।
इन्द्रावती गाउँपलिकाले गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनको अवसरमा २ जनालाई सम्मान गरेको छ ।
नेपाल आइडल सिजन ६ का बिजेता गंगा सोनाम र नेपाल साइकल यात्री माधव कुइकेललाई सम्मान गरेको हो ।
गाउँपालिकाको ६३ औं कार्यपालिका बैठकको निर्णय अनुसार गाउँपालिकामा जन्म भइ आफ्नो मात्रै नभई गाउँपालिकाको नाम समेत देश बिदेशमा पुर्याउन सफल सोनाम र कुइकेललाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मान पश्चात् आइडल बिजेता सोनामले आफ्नो सुमधुर आवाजमा गित गाउँदै सभामा उपस्थित सबैलाई झुमाउनुभएको थियो ।


सोनाम गाउँपालिकाको वडा नम्बर १० र कुइकेल वडा नम्बर ४ का स्थानीय वासिन्दा हुनुहुन्छ ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाले कलाकार, डाक्टर देखि राजदुत सम्म पाएकोमा गौरवान्वित हुँदै यस्ता सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
गाउँपालिकाको भबिस्य सँग उहाँहरुको पनि भबिस्य जोडिएको बताउँदै सम्मान गर्नु स्थानीय सरकारको जिम्मेवारी र दायित्व पनि भएको र यस्ता सम्मानले सम्मानित हुनेको हौसला बढ्ने उहाँको भनाइ थियो ।
