इन्द्रावतीका चार अग्रज कांग्रेस नेतालाई प्रजातान्त्र सेनानी संघद्वारा सम्मान

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशले इन्द्रावती गाउँपालिकाका दुई जना अग्रज नेताहरूलाई सम्मान गरेको छ । नेपाली कांग्रेसमा २०४६ सालसम्म सक्रिय योगदान पु¥याएका व्यक्तिहरूको पहिचान गर्दै सेनानी संघले विशेष सम्मान प्रदान गरेको हो ।
आज सम्मानित हुनेमा हिराकाजी श्रेष्ठ र कृष्णभक्त हिमाललय रहेका छन् । यस अघी डिल्ली राम नकर्मी र घनश्याम भट्टराईलाई सम्मान गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सेनानी संघका केन्द्रीय सदस्य राजेन्द्रमान ताल्चाभडेलले यसअघि पनि जिल्ला कार्यसमितिले असक्त तथा अस्वस्थ प्रजातन्त्र सेनानीहरूलाई सम्मान गर्ने परम्परा रहेको बताउँदै कांग्रेसप्रति निष्ठा र समर्पणजन्य योगदान गर्ने व्यक्तिहरूलाई समयमै कदर गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले नवलपुर क्षेत्रलाई कांग्रेसको केन्द्रविन्दु भन्दै संगठनमा नयाँ जागरण आवश्यक रहेको टिप्पणी गर्नुभयो ।
त्यसैगरी इन्द्रावती–४ कांग्रेसका कोषाध्यक्ष बद्रीनाथ सापकोटाले ४६ सालभन्दा अगाडि कांग्रेसमा जीवन समर्पण गरेका पात्रहरूको खोजी र सम्मान गर्नु सह्रानीय कदम भएको बताउनुभयो ।

यस्ता कामले पार्टीभित्र प्रेरणा र उत्साह थपिन्छ, त्यसैले निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्रजातन्त्र सेनानी संघ सिन्धुपाल्चोकका अध्यक्ष रुद्र लोचन आचार्य, केन्द्रिय प्रतिनिधि विश्वराम श्रेष्ठ, इन्द्रावती गाउँपालिका कांग्रेसका सदस्य अजय तामाङ लगायतको उपस्थिति थियो ।

Leave a Reply