मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेलम्ची नगर कमिटीको अधिवेशन मेलम्चीमा बिहीबार सम्पन्न भएको छ । केन्द्रीय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले रामशरण महरालाई राप्रपा मेलम्ची नगर कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ।
सो अधिवेशनबाट २७ सदस्यीय नयाँ नगर कमिटी पनि चयन भएको क्षेत्रीय सचिव देवराज गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य उदय सापकोटा, गोपाल श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष , प्रदेश सांसद कुमारी तामाङ, जिल्ला अध्यक्ष निल ध्वज थापा, तथा केन्द्रीय सदस्य जय प्रकाश गुरागाईंको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको थियो। नेताहरूले राप्रपालाई आगामी दिनमा झनै मजबुत रूपले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
