मेलङ्गची । दि सिन्धुपाल्चोक विजनेस क्लवले मेलम्चीमा कातिक ५ गते भएको आगलागी पिडितलाई सहयोग गरेको छ ।
शनिबार मेलम्ची नगर उद्योग बाणिज्य संघ मार्फत अधिकारी फेन्सिका सन्चालकलाई रु ८० हजार सहयोग गरेको संस्थाका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्षका केन्द्रिय सदस्य नयन बहादुर पण्डितले जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य नरेशशलाल श्रेष्ठ , उपाध्यक्ष अमृत खडका, कोषाध्यक्ष रामचन्द्र पराजुली , मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुस्कर धिताल लगायत सहभागी हुनुहुन्थ्यो ।
गत ५ गते मेलम्ची बजारमा आगलागी दिनेश अधिकारीको उक्त फेन्सि स्टोरमा पुर्ण क्षति भएको थियो ।संस्थाले बिभिन्न समयमा यस्तै सहयोग गर्दै आएको छ ।
