मेलम्ची ।
मेलम्ची नगरपालिकाका कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् ।
देशभरको विनाशकारी घटनाबाट प्रभावित भौतिक संरचनाको पुनर्निर्माणमा संगसंगै अघि बढ्न मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एक दिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनुभयाे । यो योगदानले पुनर्निर्माण र राहतका कार्यलाई थप बल पु¥याउने मिश्रले विश्वास व्यक्त गर्नुभयाे।
जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि अर्थमन्त्रीको अध्यक्षतामा नेपाल सरकारले उक्त कोष स्थापना गरेको छ । गृहमन्त्री, शहरी विकासमन्त्री र नेपाल सरकारका मुख्यसचिव सदस्य रहेका छन् ।