जुगल तरुण दलको पहिलो बैठक सम्पन्न – पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने निर्णय

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेपाल तरुण दल जुगल गाउँपालिकाले पहिलो बैठक सम्पन्न गरेको छ। अध्यक्ष सागर तामाङ पाख्रीनको अध्यक्षतामा शनिबार राजधानी काठमाडौंमा बसेको बैठकले संगठन सुदृढीकरणसँगै विपद् व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

बैठकमा सिन्धुपाल्चोक क्षेत्र नं। १ का तरुण दल अध्यक्ष कुमार योन्जनलाई बधाई तथा शुभकामना दिइएको थियो। अध्यक्ष पाख्रीनले गाउँपालिकाका सातै वडामा संगठन विस्तार गरी युवालाई सक्रिय बनाउने लक्ष्य तय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “तरुण साथीहरूले आफ्नो पदको सदुपयोग गर्दै टोल–टोल, गाउँ–गाउँमा संगठन सुदृढ गर्दै अघि बढ्न जरुरी छ।”

जुगल गाउँपालिका विपद्–प्रभावित क्षेत्र भएकाले विपद्को अवस्थामा तत्काल सहयोग र राहत व्यवस्थापनमा तरुण दलको सक्रियता आवश्यक रहेको बैठकको निष्कर्ष रहेको छ। आपतकालीन अवस्था र उद्धार कार्यमा समेत युवाको भूमिकालाई संस्थागत गर्ने निर्णय बैठकमा गरिएको छ।

बैठकमा जिल्ला अध्यक्ष संजय लामाले युवाको उत्साहजनक उपस्थिति देखेर आगामी निर्वाचनमा वडा स्तरदेखि पालिका तहसम्म कांग्रेसलाई विजय गराउने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा जिल्ला उपाध्यक्ष दावा साङबो शेर्पा, सचिव निशान लामा, कोषाध्यक्ष अमिर लामा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply