म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्छ – उपप्रमुख प्रधान

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।

मेलम्ची नगरपालिकाकाे उपप्रमुख उमा प्रधानले म दलित हु भन्ने मानसिकता त्यागेर अघि बढ्नुपर्ने बताउनुभएकाे छ । मेलम्ची नगरपालिकाकाे सहयाेगमा राष्ट्रिय दलित पत्रकार संघ, सिन्धुपाल्चोककाे आयाेजनामा सञ्चालित दलित हकहित सम्वन्धी कानुनी साक्षरता एवम अन्तरक्रिया कार्यक्रमकाे उद्घाटन गर्दै उपप्रमुख प्रधानले जात र संस्कृतिकाे आधारमा काेहि सानाे ठुलाे नहुने बताउनुभएकाे हाे । उहाँले तालिम सकेर फर्कँदा म कमजाेर छैन भन्ने साेच बनाएर घर फर्कन सहभागीलाई आग्रह गर्नुभयाे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले तालिममा सिक्ने मात्र हेन सिकेका कुरा उपयाेग पनि गर्नुपर्ने बताउनु भएकाे थियाे । उहाँले यस्ता अवसर पटक पटक नआउने भएकाले याे अवसरलाई सदुपयाेग गरे मात्र राज्यले गरेकाे लगानी खेर नजाने बताउनु भएकाे थियाे ।

कार्यक्रममा प्रशिक्षक झल विश्वकर्मा र करिना पुरीले कानुनले दिएकाे अधिकार प्रयाेग गर्न र कानुनले वर्जित गरेका कार्य नगर्न सहभागीलाई सुझाव दिनुभएकाे थियाे । सञ्जालकी सहसचिव काैशिला नेपालीले स्वागत गरेकाे उद्घाटन शत्र अध्यक्ष चण्डिका नेपालीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply