“असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार“ कार्यक्रम मेलम्चीमा सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
चामुण्डा माध्यमिक विद्यालय जोरपाटी, काठमाडौँले आयोजना गरेको “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार“ कार्यक्रम मेलम्चीमा भव्य रूपमा सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख उमा प्रधान, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, शिक्षा अधिकृत सुदिनराज बुढाथोकी, शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार खतिवडा, लगायत मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र इन्द्रावती गाउँपालिकामा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणाराम आचार्य र थाङपाल भ्याली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु तामाङले असल अभ्यास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक विद्यालयहरू बीचको आपसी सहकार्य, शिक्षा क्षेत्रमा देखिएका सफल अभ्यासहरूको आदान–प्रदान तथा स्थानीय तहहरूसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले महत्वपूर्ण छलफल र अन्तक्र्रिया भएको आयोजक विद्यालयले जनाएको छ ।

Leave a Reply