मेलम्चीमा नगरपालिकामा आर्थिक बर्ष २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम निर्माणको सम्बन्धमा सुझाव संकलन सम्पन्न भएको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले सुझाव संकलन गरेको हो ।
कार्यक्रममा पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्रि शेर बहादुर तामाङले नगरपालिकाले गरेका कामहरु नतिजासंग जोडीनुपर्ने बताउनुभएको छ । पालिकाको बजेट पुरै कार्यान्वय गराउनमा जोड दीनुपर्ने उहाँले बताउनुभएको छ । कम्तीमा एउटा वडाको मुल बाटो १२ महिनै चल्ने बनाउन सकेमा प्रभावकारी हुने उहाँको धारणा रहेको थियो । अनुउत्पादक क्षेत्रको बजेट बिस्तारै कटौती गर्दै लानुपर्ने उहाँले सुझाव दिनुभयो । मेलम्ची उर्वर भुमि भएाले बाँझो रहेको जमिनको वडामा रेकर्ड राख्न उहाँले सुझाव दिनुभयो । साथै रैथाले बालिको संरक्षण गरी हाट बजार सञ्चालनका लागि पालिकाले पहल गर्नुपर्ने उहाँले बताउनुभयो । बिपदको पुर्वतयारीमा जुट्न पनि उहाँले आग्रह गर्नुभयो ।
पुर्व नगर प्रमुख डम्बर बहादुर अर्यालले योजना कार्यान्वयनमा ढिलाई हुनेगरेको बताउनुभयो । आफ्नो कार्यकालमा मेलम्ची प्राथमिक अस्पतालमा हर्नियाको अपरेसन हुने गरेको स्मरण गराउनुभयो । अहीले एक्स–रे मेसिन नचल्नु दुखद भएको बताउनुभयो । नगर अस्पताल सदुपयोग नभएकोमा उहाँलृ चिन्ता व्यक्त गर्नुभयो । विद्यालयहरु मर्ज गर्नुपर्ने अवस्था आएकोले विद्यालय के गर्ने भन्ने विषयमा स्पस्ट नीति बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
पुर्व उपप्रमुख भगवती नेपालले कृषिमा उत्पादनमा आधारित अनुदान दिनुपर्नेमा जोड दिनुभयो । मेलम्ची नगरपालिकाबाट पनिर र घिउ निर्यात हुन थालेकोमा खुसि व्यक्त गर्नुभयो । पैदलमार्ग, होमस्टेको कुरालाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव थियो । एकघर एक धारा खानेपानीलाई व्यवस्थित गर्नु र नसर्ने रोग कम गर्नको लागि नगरले ध्यान दिनुपर्ने उहाँको धारणा थियो । मनोसामाजिक परामर्शदाताहरू विद्यार्थी र अभिभावकको बिचमा जान जरूरी रहेको उहाँले सुझाव दिनुभयो ।
नगरप्रमुखका प्रत्यासी तथा राजनितीज्ञ बालकृष्ण देउजाले नगरपालिकाले सुशासनको क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गरेको बताउनुभयो । नितिगत निर्णयको आधारमा मात्र बजेट बिनियोजन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । अधुरा कामहरूलाई पूरा गर्दै पर्यटकिय हव बनाउनको लागि धौले र गुफाडाँडामा संरचना निर्माणमा तदारुकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल शिक्षक महासंघ सिन्धुपाल्चोक अध्यक्ष कुमार प्रसाद खतिवडाले मेलम्ची नगरपालिकाका दलहरूले मेलम्ची नगरपालिका समृद्व बनाउने भिजन बनाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले खेलकुद शिक्षक, नृत्य शिक्षक व्यावस्थापन गरेकोमा खुसी ब्यक्त गर्नुभयो । बिद्यालय मर्जिङ र डाउन साइजिङ नगरेसम्म शिक्षामा सुधार नहुनेमा उहाँले जोड दिनुभयो ।
नेपाली कांग्रेस प्रतिनिधि कुमार चौलागाईले कार्यान्वयन हुन नसक्ने र पछि रकमान्तर गर्नपर्ने योजना नबनाउन सुझाव दिनुभयो । शिक्षा क्षेत्रमा बजेट पर्याप्त राखि शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने बताउनुभयो । संघिय ससर्त कार्यक्रम कार्यान्वयन गर्न पालिकाले तदारुकता देदाउनुपर्ने उहाँले बताउनुभयो ।
नेकपा एमाले मेलम्ची नगर कमिटी अध्यक्ष उपेन्द्र तामाङले जोखिम न्युनिकरणको लागि काम गर्नुपर्ने बताउनुभयो । शैक्षिक गुणस्तर बृद्वि गराएको बिद्यालयलाई प्रोत्साहन दिनुपर्ने उहाँको सुझाव थियो । मेलम्चीलाई पर्यटकको हब बनाउन सबैले छलफल गरी अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा माओवादि केन्द्रका प्रतिनिधि ज्ञान प्रसाद सापकोटाले आवस्यकताको आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा र कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर बजेट बनाउन उहाँले सुझाव दिनुभयो । राष्ट्रीय स्वतन्त्र पार्टी मेलम्ची नगर सभापती गोकुल प्रसाद ढकालले कृषि क्षेत्रलाई प्राथमिकता साथ बजेट व्यावस्थापन गर्दै बजारीकरणमा समन्वय गर्न पालिकालाई आग्रह गर्नुभयो ।
नीति तथा कार्यक्रमको समापन गर्दै नगर प्रमुख आइतमान तामाङले जनताले भनेका सबै काम पूरा गर्न नसके पनि यति काम चै गर्याे भन्ने बनाउने बताउनुभयो । नीतिगत कुराहरूलाई शिरोधार्य गरेर अघि बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । मेलम्ची नगरपालिका भित्र रहेका बस्तीहरूमा अत्यावश्यक ठाउँमा खानेपानी तथा अन्य पूर्वाधार उपलब्ध गराउने बताउनुभयो । प्रदेश सरकारले अनुमति दिएमा फट्टेमा पुल बनाउने उहाँले बताउनुभयो । कोदोको रक्सिलाई ब्रान्डिङ गर्न पालिकाले यस बर्षको नीति तथा कार्यक्रममा राखेर जाने बताउनुभयो । कृषिमा रैथाने बालिको हाटबजार राख्ने निर्णय भईसकेको उहाँले जानकारी दिनुभयो । मेलम्ची बजारलाई उज्यालो र हरीयाली शहर बनाउने काम सुरु भईसकेको जानकारी दिनुभयो । सबै वडा कार्यालय र स्वास्थ्य चौकी अर्काे बर्षसम्म सम्पन्न हुने नगर प्रमुख तामाङले बताउनुभयो ।
