एमाले नेतृत्वको सरकारले सबैखाले भ्रष्टाचारको फाईल खोतल्छ :पुर्बमन्त्री तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेकपा एमाले स्थायी कमिटी सदस्य एबं पुर्ब मन्त्री शेर बहादुर तामाङले नेकपा ( एमाले) नेतृत्वको सरकारले भ्रष्टाचार गरेको प्रमाणित भए कसैलाई नछाड्ने बताउनु भएको छ ।

पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल आफ्नो निर्बाचन क्षेत्रबाट निर्बाचित निलम्बित सांसद मोहन बहादुर बस्नेत लगायत भ्रष्टाचारमा बिशेष अदालतमा मुद्दा दायर भएकाहरुप्रती ईंकित गर्दै आफ्नो धारणा राख्नु भएको हो ।

भ्रष्टाचार सम्बन्धी अख्तियारको कृयाशिलतालाई समर्थन गर्दै दोषी कदापी उम्कन नहुने अनि निर्दोश फस्न नहुने प्रती सचेत रहन अख्तियारलाई आग्रह गर्नुभयो ।

सिन्धुपाल्चोक काठमाडौ क्षेत्र नम्बर १ र २ को संयुक्त क्षेत्रीय सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहांले सो धारणा ब्यक्त गर्नु भएको हो । सान ब्याङ्केट कांडाघारीमा आयोजित सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य एबं जिल्ला ईन्चार्ज सरेश नेपाल जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ सम्पर्क मण्च नेत्री बिनिता सुवेदी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मन्चका अध्यक्ष द्वारिका प्याकुरेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मन्चका सचिब रमेश तिमल्सिनाले जानकारी गराउनु भएको छ ।

Leave a Reply