ईन्द्रावती गाउँपालिकाको स्थानिय विपद व्यावस्थापन समितिको पाँचौं बैठक

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावती गाउँपालिकाको स्थानिय विपद व्यावस्थापन समितिको पाँचौं बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले ४ वटा महत्वपूर्ण विषयमा छलफल गरी निर्णय भएको छ ।

मनसुनजन्य विपलको पूर्वतयारी, ईन्द्रावती गाउँपालीकाको मनसुनजन्य विपदको प्रतिकार्य योजना, कार्यदलको प्रतिवेदन र डिजेल खरीद सम्बन्धि निर्णय गरीएको छ ।

छलफलको क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले विपद प्रतिकार्य योजना कार्यान्वयनमा ढिलाई हुने गरेको बताउनुभयो । पुर्वतयारीलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दीनुभएको छ । व्यक्तिगत संरचना सरकारी संरचनाहरूको शुरक्षालाई प्राथमिकिकरण गरेर काम गर्नुपर्ने उहाँको भनाई थियो ।


वडा नम्बर ८ का वडा अध्यक्ष डिल बहादुर श्रेष्ठले विपदको समयमा नागरीकहरूलाई सहज रूपमा सेवा प्रदान गर्नको लागी वडालाई पनि अधिकार दीन सकेमा प्रभावकारी हुने बताउनुभयो । पुर्वतयारीका सामानहरू हरहालतमा सञ्चालनमा ल्याउनुपर्ने उहाँको भनाई थियो । असार साउन र भदौ महिनामा पालिकाको जेसिबि अन्यत्र पठाउन नहुने उहाँले धारणा राख्नुभएको हो ।

वडा नम्बर १ का वडा अध्यक्ष चिनलाल तामाङले विकास निर्माणका काम गर्दा नागरीकका निजि संरचनामा क्षति नपुग्ने गरी काम गर्नुपर्ने बताउनुभयो । यस्तै वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले वडा कार्यायहरूमा पनि पुर्वतयारीका सामानहरू उपलब्ध गराई सहज रुपमा सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापाले विपद सम्वेदनशिलता पहिचान गरि राहत उपलब्ध गराउनुपर्ने बताउनुभयो ।


बैठकमा सहभागि सुरक्षा निकायका प्रमुखहरूले विपदका सामानहरू सजिलै उपलब्ध हुने ठाँउमा राख्नुपर्ने बताउनुभएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रवक्ता शशिनाथ आचार्यले कार्यदलको प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो । साथै मनसुनजन्य विपदको समयमा सञ्चार माध्यमहरुबाट सुचना सम्प्रेषण गर्ने पनि निर्णय गरीएको छ । बिपद कोषको रकमबाट इन्धन खरिद गरि गाउपालिकाको मुख्य सडकहरु सञ्चालनमा राख्ने निर्णय भएको छ ।

प्रमुख प्रशासकिय अधिकृत मनहरी बरालले बैठकको सहजिकरण गर्नुभएको थियो । बैठकमा उठेका सवालहरुमाथी गाँउपालिका अध्यक्ष झम्क नेपालले सम्बोधन गर्नुभएको थियो । बैठकमा उपाध्यक्ष शोभना तामाङ, वडाअध्यक्षहरु, कार्यपालीका सदस्यहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विपद्का क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवाला निकाय, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply