अध्यक्ष कप फुटबलको तयारी तीव्र, खेलकुद मन्त्रालयका सचिवबाट उद्घाटन हुने

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । 

इन्द्रावती गाउँपालिकाले अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारेको छ । बैशाख २६ बाट सुरु हुने प्रतियोगिताको लागि सबै वडाका टोलीहरुले टिम दर्ता गरेका छन् । 

प्रतियोगिताका लागि एन्फाको समन्वयमा रेफ्री सहित प्राविधिक टोलीका लागि कुराकानी भइरहेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिनुभयो। ऐसेलुखर्क रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्रालयका सचिवबाट हुने पनि उहाँले जानकारी दिनुभयो । 

गत असोज १२ मा परेको भीषण वर्षाका कारण रङ्गशालाको केही भाग पहिरोले क्षति पुर्‍याएकोले उक्त रङ्गशाला व्यवस्थापनका लागि गाउँपालिकाले बजेट विनियोजन गरी उपभोक्ता समिति मार्फत काम भइरहेको छ । रङ्गशाला व्यवस्थापनको काम अहिले धमाधम भइरहेको उपभोक्ता समितिका सचिव शरद नकर्मीले जानकारी दिनुभयो । रङ्गशालामा तत्कालका लागि अस्थायी बार निर्माण गर्ने र ढल व्यवस्थापनका लागि बनाइएको नालीमा पानी निकासको लागि काम गर्नुपर्ने उहाँले जानकारी दिनुभयो। 

गाउँपालिकाको आयोजना र जिल्ला फुटबल संघको प्राबिधिक सहयोगमा हुने प्रतियोगिताको बिजेता टोलीले एक लाख नगद सहित अध्यक्ष कप प्राप्त गर्नेछ । त्यस्तै उपबिजेताले ६० हजार र तेस्रो स्थान हाँसिल गर्नेले ४० हजार नगद पाउने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply