मेलम्चीमा सम्पन्न अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविरमा ८८ जनाले सेवा लिए

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची,
मेलम्ची नगर अस्पतालमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा मेलम्ची नगरपालिकाकाे सहयोग र समन्वयमा भएको शिविरमा ८८ जनाले सेवा लिएका छन् । जसमध्ये ४७ जना पुरुष र ४१ जना महिला सहभागी भएका थिए ।

शिविरमा सहभागीहरु मध्ये ८ जना लाई शल्यक्रियाको लागी र २ जनालाई परिक्षण्को लागी रिफर गरिएको छ । त्यस्तै ६ जनालाई लौरो, १ जनालाई वाकर र १ जनालाई एलम्बो बैशमखी बितरण गरिएको सिबिआर सुपरभाइजर टिका बिकले जानकारी दिनुभयो ।

त्यस्तै शिविरमा आश्यकता अनुसार औषधी बितरण गरिनुका साथै फिजियो थेरापी अभ्यास र सहयोगी समाग्रीहरुको लागी नाप लिइएको पनि उहाँले जानकारी दिनुभयो ।

सोही शिविर भोली शुक्रबार एकिकृत सेवा केन्द्र पिप्लेमा हुने आयोजकले जनाएको छ । पायक पर्नेहरुले सेवा लिन पनि मेलम्ची नगरपालिकाले आह्वान गरेको छ ।

Leave a Reply